देशभरी तीजकाे अवसरमा बिहानैदेखी पुजाआराधना 

सारथी खबर दार्चुला । हिन्दू नारीहरुको महान पर्व हरितालिका (तीज) भगवान शिवको पूजा आराधना र ब्रत गरी बुधबार मनाइँदै छ । सौभाग्यको प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिला शिवको पूजाअर्चना गर्दै निराहर ब्रत बसेका छन । दार्चुला जिल्ला लगायत देशभरी नै बुधबार तीजको चहलपहल गाउँगाउँमा छाएको छ । धार्मीक सास्कृतिक परम्परा अनुसार दिनभरी ब्रत बसेर जिल्लाको अधिकासं क्षेत्रमा बेलुकी तीज घरमा जम्मा भइ शिब पुजा गर्ने चलन रहेको छ । लेकम क्षेत्रमा रातभरी ब्रह्मण बोलाएर टोलटोलमा गौराघरमा जम्मा भइ पुजाआजा गर्ने चलन रहेको छ । देशका बिभिन्न शिब मन्दीरहरुमा आज दिनभरी मन्दिरहरुमा लामबद्ध भई महिलाहरुले पूजा आराधना गरेका छन । भगवानको आराधनासहित तीजका दिन महिलाहरुले तीज गीतको भाकामा आफ्ना वर्र्षभरिका पीडा पोख्दै गीत गाउने र नाच्ने गर्दछन् । बुधबार रातभरी पुजा र नृत्य गर्दै रमाइलो गर्ने गरीन्छ । शुक्रबार पञ्चमीको दिनसम्म तिज अन्तरगत बिभिन्न गतिबिधि हुने गरेका छन ।
पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउन गरेको उपवास व्रतलाई हरितालिका तीज भनिएको मान्यता हिन्दू धर्मले राखेको छ । हिमालयकी पुत्री पार्वतीले बाल्यकालदेखि महादेव स्वामी पाऊँ भनी कामना गरिरहेको भए पनि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान दिन तयारी गरेको थाहा पाई सखीहरुले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले महादेव स्वामी पाऊँ भनी निर्जला व्रत बसेको हुनाले यसलाई हरितालिका तीजको व्रत भन्ने गरिएको पुराणमा वर्णन गरिएको छ ।
हिन्दू नारीहरुको महान् धार्मिक पर्वका रुपमा लिइने हरितालिका व्रतमा पतिको लामो आयुको कामना गरी निराहार व्रत बसेर रातभर आफ्नो अटल सौभाग्यको प्रतीकस्वरुप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्ण पात्र गरेर व्रत तोड्ने परम्परा छ । परापूर्वकालदेखि आफ्नो सम्पूर्ण आस्था र विश्वासका साथ हिन्दू नारीहरु निराहार र निर्जल बसी भगवान् शिवको पूजा अचर्नासहित हरितालिका तीजको व्रत बस्ने गर्दछन् ।
यसैबिच महाकाली नगरपालिकाको आयोजनामा सञ्चालित दुई दिने तीज बिशेष कार्यक्रम अन्तरगत बुधबार समेत नाचगान गर्दै रमाइलो गरीएको छ । नगरपालीकाको बजार क्षेत्रका महिलाहरु खुलामंञ्चमा जम्मा भइ कम्बर मर्कामर्काइ चाच्दै रमाइलो गरीएको तीज कार्यक्रममा सहभागि सहकर्मी ज्वोती क्षेत्रीले जानकारी दिनुभयो । जिल्लाभरी बिभिन्न समुह संघ संस्थाहरुको आयोजनामा तीज बिशेष कार्यक्रमको आयोजना गरीएको छ ।

प्रतिकृया दिनुहोस

सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै

सारथी खबर, दार्चुला । दार्चुला लगायत प्रदेश नम्बर ७ सुदूरपश्चिममा बुढी पोल्ने पर्वको रौनक छाएको छ । हरेक वर्ष असोज संक्रान्तिका दिन मनाइने बुढी

गहु पिस्ने मीलमा काम गरिरहेका एक १३ वर्षिया बालक गम्भीर घाइते

सारथि खबर दार्चुलामा गहु पिस्ने मीलमा काम गरिरहेका एक १३ वर्षिया बालक गम्भीर घाइते भएका छन् । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ९ दत्तुका नवीन

बादी समुदायका बालबालिका आधारभुत शिक्षाबाट बञ्चित (फोटोफिचर)  

सारथी खबर, दार्चुला ।  शिक्षा पाउनु सबै बालबालिकाको मौलिक हक एबं नैसर्गिक अधिकार हो, अनिवार्य निःशुल्क आधारभुत शिक्षा राज्यको नारा छ । नेपालको