सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै

सारथी खबर, दार्चुला ।
दार्चुला लगायत प्रदेश नम्बर ७ सुदूरपश्चिममा बुढी पोल्ने पर्वको रौनक छाएको छ । हरेक वर्ष असोज संक्रान्तिका दिन मनाइने बुढी पोल्ने पर्व सुदूरपश्चिमका बिभिन्न जिल्लामा धुमधामका साथ मनाईँदै छ । 
राक्षस पुतनालाई भगवान श्री कृष्णले मारेको सम्झनामा सुदूरपश्चिममा यो पर्व मनाइने गरिन्छ । यस पर्वमा गाईबस्तुको हेरचाह गर्ने गोठलाले भाद्र संक्रान्ति अर्थात् ओल्के पर्वको दिन सल्ला, बाँझ आदि रुखहरु काटेर बनाएको बुढीलाई जलाउने चलन रहेको छ ।
दार्चुलाको सबैजसो क्षेत्रमा आजको दिन गोठालाहरुले बुढी पोल्ने गर्छन । द्वापर युगमा राक्षस पुतनाले राजा कंशको आदेशमा भगवान कृष्णलाई दूधमा बिष मिलाएर मार्न लागेको वेला भगवान कृष्णले थाहा पाएर उल्टै राक्षसी पुतनाको रगत चुसी मारेको खुशीयालीमा सुदूरपश्चिममा यो पर्व मनाउने धार्मीक बिस्वास रहेको छ । 
जासुसी राक्षस पुतना दहनका लागि आज साँझ सबै घरबाट काँस, अमरिसोलगायत पाँच जातको घाँसले बेरेको राँको बनाएर बुढी पोल्ने ठाउँमा लैजाने गरिन्छ । दोबाटोमा जलाएको पुतना राक्षसको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलनसमेत रहेको छ । साँझ आकासमा तारा चम्केपछि मात्रै राक्षसी पुतनाको पुत्ला दहन गरिन्छ । यसो गर्दा गोठमा पालिने जनावरलाई कुनै प्रकारको रोग नलाग्ने धार्मिक विश्वास रहेको संस्कृतिका जानकार लेकम गाउँपालीका ५ मैखोलीका इन्द्रदेब जोशीले बताउँनुभयो । 
बूढी पोल्दा लुतो फाल्ने भन्दै युवाहरु काँक्रो चपाउँदै थुक्ने गर्दछन र नाम पुकार्दै लुतो लैजा भन्दै नाचगान समेत गर्छन् । यो पर्व सुदूरपश्चिमको पहाडी जिल्लाका साथै छिमेकी देश भारतको उत्तराञ्चलका कुमाउ गढवालमा पनि मनाइने गरिन्छ । तर पछिल्लो समयमा बुढी पोल्ने पर्बको रौनकता बिगत बर्षहरुको तुलनामा घटदै गएको पाइन्छ ।

प्रतिकृया दिनुहोस

गहु पिस्ने मीलमा काम गरिरहेका एक १३ वर्षिया बालक गम्भीर घाइते

सारथि खबर दार्चुलामा गहु पिस्ने मीलमा काम गरिरहेका एक १३ वर्षिया बालक गम्भीर घाइते भएका छन् । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ९ दत्तुका नवीन

बादी समुदायका बालबालिका आधारभुत शिक्षाबाट बञ्चित (फोटोफिचर)  

सारथी खबर, दार्चुला ।  शिक्षा पाउनु सबै बालबालिकाको मौलिक हक एबं नैसर्गिक अधिकार हो, अनिवार्य निःशुल्क आधारभुत शिक्षा राज्यको नारा छ । नेपालको

यौन दुव्र्यवहार गरेको आरोपमा दुई जना पक्राउ

सारथी खबर, दार्चुला ।- दुई जना बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा दार्चुलामा दुई जना लाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रक्राउ पर्नेमा बैतडी