• ३० असोज २०७५ मंगलबार/ Tuesday 10-16-2018
  • स्टुडियो टाईम : ०४:१७

लागु औषध सहित ४ जना पक्राउ


झापाको विर्तामोड बाट प्रहरीले लागु औषध सहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले १४ ग्राम लागु औषध ब्राउन सुगर साथमा रहेको अवस्थामा १ भारतिय नागरिक सहित ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा विर्तामोड नगरपालिका १० का २४ बर्षिय सोम बहादुर राई, अर्जुनधारा नगरपालिका ५ का २१ बर्षिय विशाल अधिकारी, भद्रपुर नगरपालिका १३ की २० बर्षिया रुपा ताजपुरीया र भारत पश्चिम बंगाल राज्य दार्जिलिङ जिल्ला गोरुसिंह जोतथानाका २४ बर्षिय खगेन भनिने खोकन बर्मन रहेका छन् । 
प्रहरीले लागु औषध कारोबारमा संलग्न ३ नेपालीलाई विर्तामोड ४ स्थित टिका देवी कार्कीको घर बाट गत शुक्रबार नै पक्राउ गरेको थियो । पक्राउ परेकाहरुको बयानका आधारमा भारतिय नागरिक खोकन बर्मनलाई मेचीनगर ६ काँकरभिट्टा बाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी प्रमुख डिएसपी कृष्णप्रसाद कोइरालाले बताए । 
कोइरालाका अनुसार भारतिय नागरिक बर्मनले लागु औषध ओसारपसार गर्ने गरेको खुलेको छ । अन्य तिन नेपाली नागरिक सोमबहादुर राई, विशाल अधिकारी र रुपा ताजपुरियाले बर्मन बाट लिएको लागु औषधलाई साना साना प्याकेट बनाएर बेच्ने गरेको पाइएको छ । 
विर्तामोड ४ स्थित टिका देवी कार्कीको घरमा डेरा गरि बसेका उनिहरुलाई स्थानियले दिएको सुचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । स्थानियले उनिहरुको गतिविधि अस्वभाविक रहेको भन्ने सुचना दिए पछि गत सोमबार साँझ साढे ५ बजे इलाका प्रहरी कार्यालय विर्तामोडको टोली त्यस ठाउँमा पुगेको थियो । 
सोही समयमा पकेट डिजिटल तराजुको प्रयोग गरि लागु औषध ब्राउन सुगर प्याक गरिरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको कोइरालाले जानकारी दिए । पक्राउ परेका चारै जनालाई जिल्ला अदालत बाट म्याद थप गरि अनुसन्धान भइरहेको उनले बताए । उनिहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम कारबाही हुने कोइरालाले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस

मेचीनगर ३ को वडा कार्यालय उद्घाटन

# स्थानिय

२४ असोज, २०७५

मेचीनगर ।  मेचीनगर नगरपालिकाको वडानम्बर—३ को नवनिर्मित वडा कार्यालयको नगर उपप्रमुख मिना पोखरेल उप्रेतीले आज उद्घाटन गर्नुभएको छ । मेचीनगर

जीवन ज्योतिको ३ सय प्रतिशतले मुनाफा वृद्धि

# स्थानिय

२३ असोज, २०७५

धुालबारी ।  जीवन ज्योति बचत तथा ऋण सहकारी संस्था आर्थिक बर्ष २०७४÷७५ मा ३ सय ३७ प्रतिशतले मुनाफामा वृद्धि गर्न सफल भएको छ । स्थापनाको २ बर्ष सम्म

मेचीनगरमा एक महिनका लागि फुटपथमा व्यवसाय गर्न दिने 

# स्थानिय

२३ असोज, २०७५

मेचीनगर । नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरेर मेचीनगर नगरपालिकाले साना व्यवसायीलाई एक महिनाका लागि नगरपालिकाले तोकेको स्थानमा व्यवसाय गर्न दिने