नेपालको नक्सामा दार्चुलाको सिमा हटाएकोमा सासंद ठगुन्नाद्धारा मन्त्रीको ध्यानआकर्षण

सारथी खबर, दार्चुला ।

दार्चुला जिल्लाबाट प्रतिनिधिसभामा निर्बाचित सासंद गणेश सिह ठगुन्नाले नेपालको नक्सामा दार्चुलाको सिमा हेरफेर गरेर प्रयोग भएको बिषयमा भुमिब्यवस्था सहकारी तथा गरीबि निवारण मन्त्री पद्मा अर्यालको ध्यानआकर्षण गराउँनुभएको छ । मन्त्रालयमा पुगेर सासंद ठगुन्ना नेतृत्वको एक टोलीले विभिन्न संचार माध्यममा दार्चुलाको सिमा नेपालको नक्सा बाट लिम्पियाधुरा तथा कालापानी हटाईएको भनि समाचार आईरहेको सन्दर्भमा यो समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको औपचारीक जानकारी गराएको हो ।
सासंद ठगुन्ना सहित बिद्यार्थी नेताहरु अकबर सिंह ठगुन्ना, दिपक जोशी, खेमराज जोशी, हिरा सिंह धामी र महेश सिंह धामी लगायतले भुमि व्यवस्था, सहकारी तथा गरीबि निवारण मन्त्रालयमा पुगेर मन्त्री अर्यालको ध्यानआकर्षण गराएको सासंद गठुन्नाका स्वकिय सचिब दौलत सिह ठगुन्नाले जानकारी दिनुभयो ।
समाचार मा भनिएको जस्तो त्रुटि भए तत्काल सच्याउन मन्त्रीमार्फत नेपाल सरकार को गम्भिर ध्यानाकर्षण गराउँन मन्त्रालय पुगेको टोलीलाइ मन्त्री अर्यालले यो बिषयलाइ गम्भिर रुपमा लिएको सकारात्मक प्रतिक्रिर्या दिएको ठगुन्नाले बताउँनुभयो ।


‘देशको निसानी मानिने निसान छापमा राखिएको नक्सै त्रुटिपूर्ण छ । ‘पहिलाको नक्साबाट कालापानीको ठूलो भू–भाग हटाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेब साइटमै अपूरो नक्सासहितको निसान छाप राखिएको छ । हेलो सरकार, गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयका ट्वीटरमा पनि त्यही छ ।’ ती नक्साबाट वैज्ञानिक मापन गर्दा कालापानीको ६ हजार हेक्टरभन्दा बढी भूमि गायब छ । कुनै साइटमा सात हजार ९ सय हेक्टरसम्म गायब भएको नक्सा प्रयोग गरिएको छ ।

प्रतिकृया दिनुहोस

असोज २, ३ र ४ गते तीन दिन संविधान दिवस

सारथी खबर, दार्चुला । सात दशक लामो संक्रमणकालको अन्त्य गर्दै संविधानसभाबाट नयाँ संविधान जारी भएको दिनको सम्झनामा असोज २, ३ र ४ गते तीन दिन संबिधान

५१ किलोग्राम अवैध सतुवासहित दुई जना पक्राउ

रेडियाे दार्चुला, दार्चुला । दार्चुलामा ५१ किलोग्राम अवैध सतुवा सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा दार्चुलाको ब्याँस गाउँपालिका वडा

दार्चुलाबाट छुटेकाे बस डोटीमा दुर्घटना : २८ घाइते, १५ गम्भीर

डोटी : दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेकाे बस डोटीकाे जोरायल गाउँपालिका–२ छतिवनमा दुर्घटना हुँदा २८ जना घाइते भएका छन्। घाइतेमध्ये १५ जनाको