स्वास्थ्य औलोको उच्च जोखिममा पहाडी जिल्ला

सारथी खबर, दार्चुला । प्रदेश ७ को पहाडी जिल्ला बैतडी औलोको उच्च जोखिममा रहेको पाइएको छ।

पछिल्लो तीन वर्ष यता औलोका बिरामी बढ्दै गएकाले बैतडी औलोको जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिष्टेन्ट सन्तोष पाण्डेयले जानकारी दिए। जिल्लाको तल्लोस्वराड क्षेत्रको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विभिन्न वडाका नागरिक औलोको उच्च जोखिममा रहेको पाइएको छ।

गत सालदेखि औलोका बिरामीहरु फेला पर्न थालेकोमा हालसम्म ४० जना भेटिएका हेल्थ असिष्टेन्ट सन्तोष पाण्डेयले बताए। ‘गत वर्षसम्म ३३ र चालु आर्थिक वर्षको यो अवधिमा सात जना औलो रोगी भेटिएका छन्,’ उनले भने, ‘विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि पुगेका बिरामीहरुको रगत जाँच गर्दा औलो फेला परेको हो।’

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आधुनिक प्रयोगशाला सञ्चालनमा आएपछि औलोको बिरामीहरु पत्ता लगाउन सजिलो भएको ल्याब टेक्निसियन रमेश बोहराले बताए। आफ्नै गाउँमा औलो रोग पत्ता लाग्न थालेपछि चेकजाँच गराउनेको संख्या बढ्दै गएको उनले बताए। तल्लोस्वराड क्षेत्रमा औलो देखिएपछि गर्भवती महिलाहरु तथा बढी जोखिममा रहेकाले त्यस क्षेत्रमा निःशुल्क झुल वितरण गरिएको र कीटनासक औषधि छर्किएको छ।

गर्मीको समयमा औलोका बिरामी बढ्ने भएकाले यो संख्या अझै बढ्न सक्ने जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। पहाडी क्षेत्रमा लामखुट्टेको वृद्धि भएसँगै औलोका बिरामीहरु पनि देखिन थालेका छन्। लामखुटट्को टोकाइबाट औलो रोग सर्ने गर्दछ। औलोबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने हुन्छ। साथै, आफ्नो घर वरिपरिको वातावरण सफा राख्ने, झुल लगाएर सुत्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ।

सरकारले सन् २०२५ बाट औलो उन्मूलन निती लिएकाले औलो रोगको निःशुल्क उपचार गर्दै आएको छ।  - थाहाखबरबाट

प्रतिकृया दिनुहोस

सेकुवामा स्वाद भिजेको छ ? मुटुको रोग लाग्छ है

 सारथी खबर, दार्चुला  पोलेको सुँगुरको मासु, खसीको सेकुवा खानुको विछट्टै स्वाद छ । तर, हालैको एक अध्ययनले यो स्वादलाई केही खल्लो बनाउन सक्छ ।

स्मरण क्षमता बढाउने प्रभावकारी काइदा, यी हुन् ८ तरिका

  सारथी खबर, दार्चुला । हामीलाई सधै एउटा प्रश्नले घेरा हालिरहेको हुन्छ, ‘कसरी सफल हुने ? कसरी प्रगति गर्ने ?’ वास्तवमा कुनैपनि कर्ममा सफलता