अनमोल केसी पारिश्रमिक नलिइ सांगीतिक कन्सर्टमा

सारथी खबर, दार्चुला । – नायक अनमोल केसी ’अनमोल इभ-२०१८’ का निम्ति मोफसल भ्रमणमा निस्किएका छन् ।

अनमोलका साथमा उनका पिता भुवन केसीसमेत सँगै छन् । सँगै अभिनेत्री प्रियंका कार्की, अभिनेत्री झरना थापा लगायतका कलाकारहरुसमेत मोफसलमा सँगै छन् ।

उनीहरु मोफसलमा निस्किए पछिको पहिलो कार्यक्रम बुटवलमा आयोजना गरिएको थियो । बुटवल बासीहरुको साथमा उपस्थित भएर अनमोलले चलचित्र ’कृ’ मा समावेश ’यतियति पानी गंगा रानी’ बोलको गीतमा नृत्य गरेका थिए । उनले ‘होस्टेल’ तथा ‘ड्रिम्स’ चलचित्रका गीत गाएर बुटवल बासीलाई झुमाएका थिए ।

कार्यक्रममा अभिनेत्री प्रियंका कार्कीले आफ्नो दमदार नृत्य प्रस्तुत गरेकी थिइन् । अभिनेत्री प्रियंका कार्कीले माहोल निकै तातिएको थियो ।

नमस्ते नेपाल, सप्तक ब्याण्डका बालकलाकारहरूको गायन, नृत्यसहित कार्यक्रममा मोडलहरूले र्याम्पमा क्याटवाक समेत गरेका थिए । नेत्रहीन महिला संघको सहयोगार्थ चार मुख्य शहरहरूमा हुने ’अनमोल इभ–२०१८’ अब १६ गते पोखरा, २३ गते चितवन र भदौ २७ गते बिर्तामोडमा हुनेछ ।

विनापारिश्रमिक यो इभेन्टमा आवद्ध भएका उनीहरुले देशका प्रमुख शहरमा आयोजना हुने सांगीतिक कन्सर्टमा आफ्नो प्रस्तुति दिँदैछन् । -उज्यालोबाट

प्रतिकृया दिनुहोस

गौरा पर्वको बिशेष दिन अष्ठमी ‘अठवाली‘ धुमधामकासाथ मनाइदै

सारथी खबर, दार्चुला । गौरा पर्वको बिशेष दिन अठवाली अर्थात अष्टमी पर्व आज, दार्चुला लगायत सिगों प्रदेश नम्बर ७ मा हर्षोल्लासका साथ मनाइँदै छ । अष्ठमी

इन्टरनेटकाे नशा

सारथी खबर, दार्चुला । माथिको तस्बीर दार्चुला जिल्लाका प्रमुख हस्तीहरु जिल्ला समन्वय समिति, नगर तथा गाउँपालिका प्रमुखहरु, बिभिन्न कार्यालय, संघ

फूपु बन्दा केकीलाई फाइदा कि घाटा ?

  सारथी खबर, दार्चुला । २ बर्षाले नगरेको भूमिका गरेर नायिका केकी अधिकारीले ‘नाई नभन्नु ल ५’मा इन्ट्री मारिन् । आफ्नो करिअरमा एउटा पनि हिट