राष्ट्रवादी नेता स्वर्गिय प्रेमसिह धामी र राष्ट्रियताको सवाल
![](https://radiosargam.org.np/uploads/news/images/1278231077antarkirya-01.jpeg)
दार्चुला । राष्ट्रवादी नेता स्वर्गिय प्रेमसिह धामी र राष्ट्रियताको सवाल बिषयक एक दिने अन्तरक्रिर्या कार्यक्रमका बक्ताहरुले स्वर्गिय नेता धामीले राष्ट्रियताको रक्षा गर्न तत्कालीन समयमा उठाएका एजेन्डाहरु, नीति, उहाँको ब्यबहार र बिकासमा पुर्याएको योगदानबाट वर्तमान कम्युनिष्ट नेताहरुले प्रेरणा लिनसक्नुपर्नेमा जोड दिएका छन । कालापानी नेपालकै हो, गौरापर्वमा राष्ट्रिय बिदा दिइनुपर्छ, महाकाली सन्धी नेपालको हित बिपरीत छ, महाकाली लोकमार्गमा प्रयाप्त बजेट बिनियोजन गरीनुपर्छ, लगायतका दर्जनौ महत्तपुर्ण बिषयमा आफुलाइ खरो प्रस्तुत गरेर राष्ट्रिय राजनीतिमा चर्चा कमाएका नेता धामीकै योगदानबाट जिल्लाको बिकासमा महत्तपुर्ण योगदान पुगेको कार्यक्रमका बक्ताहरुले प्रष्ट्याएका हुन ।
कालापानी हाम्रै हो, कालापानी काठमान्डौलाइ किन दुख्दैन (कालापानी नेपालको मुटु हो) भनेर महाकालीको उत्पत्ति लिम्पीयाधुरा भएको बिषय नेता धामीले तत्कालीन समयमा सदन, सडक र सरकारमा उठाउन योगदान पुर्याएको भएपनि अहिले कालापानीको मुद्धा ओझेलमा परेको पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकर सिह धामीले बताउँनुभयो । बिक्रम सम्बद २००९ साल भदौ १९ गते जन्मीएर जागीरे जीवन हुदै बहुदल स्थापना भएपछि खुला राजनीतिमा आएका राष्ट्रबादी नेता धामीको जिप दुर्घटनामा परि निधन भएको बुधबार २१ बर्ष पुरा भएको छ । मालिकार्जुन गाउँपालिका ३ प्रेमनगर दार्चुलामा जन्मीएका धामीले नेपालको राष्टीयता, जिल्लाको बिकास र दार्चुलाको राजनीतिक पहुचमार्ग केन्द्रसम्म बिस्तार गर्न ठुलो योगदान पुर्याएउनुभएको थियो । २०४८ सालमा कञ्चनपुरबाट प्रतिनिधिसभा निर्बाचनमा पराजय भोगेका नेता धामीले निर्बाचन लडेको झन्डै एक बर्षपछि २०४९ सालमा तत्कालीन नेकपा एमालेको केन्द्रीय सदस्य र राष्ट्रिय सभा सदस्यमा प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नुभएको थियो । छोटो समयमै आफ्नो राजनीतिक छबि र पहुच केन्द्रसम्म बिस्तार गरीसकेका धामीले २०४९ सालदेखी नै पार्टीको महाकाली अञ्चल ईन्चार्ज र ३३ सदस्यिय केन्द्रीय कमिटि सदस्यको जिम्मेवारी पाएका थिए । धामीले २०५१ सालमा सम्पन्न प्रतिनिधिसभाको मध्यावधिक निर्बाचनमा बिजयि हुदै संसदमा प्रतिनिधित्व गर्नुका साथै २०५१ सालमा पहिलोपटक मनमोहन अधिकारीको नेतृत्वमा गठन भएको ९ महिने कम्युनिष्ट सरकारमा आवास तथा भौतिक योजना राज्यमन्त्रीको महत्तपुर्ण जिम्मेवारी समेत प्राप्त गर्नुभएको थियो ।
नेता धामीले सुदूरपश्चिमको प्रमुख चाड गौरापर्वलाइ राष्ट्रिय रुपमा मनाउँनु पर्ने र गौराको अवसरमा सार्बजनिक बिदा दिइनुपर्ने संसदमा जोडदार माग गरेपछि अहिले देशभरी अष्टमीको दिन गौरा बिदा दिने गरीएको छ । दार्चुला जिल्लाको बिकासको मेरुदन्डको रुपमा रहेको महाकाली लोकमार्गलाइ बैतडीबाट दार्चुला सदरमुकामसम्म तिब्रताकासाथ निमार्णगरी कालोपत्रे गर्न सरकारसंग जोडदार माग गरेकै कारण दार्चुलामा समयमै सडक बिस्तार भएको थियो ।
राष्ट्रियताको खातिर बलिदान दिनुपरेपनि पछि नपर्ने स्वाभिमानी बिचार बोकेका धामीको २०५४ भदौ २७ गते जिप दुर्घटनामा परि नुवाकोट जिल्लाको साबिकको मदानपुर गाबिस ३ क्युरिनिभिरमा असामयिक निधन भएको थियो । उहाँले बोकेको राष्ट्रियता, बिकास र समानताको सपना अहिलेका नेताहरुले पुरा गर्न नसकेको भन्दै पत्रकार महासंघ दार्चुलाका अध्यक्ष धामीले दुख ब्यक्त गर्नुभयो ।
यसैबिच बिहिबार सम्पन्न अन्तरक्रिर्या कार्यक्रममा बिचार राख्दै मार्मा, नौगाड, अपिहिमाल तिनओटै गाउँपालिका अध्यक्ष र नेकपा नेता ज्ञानेन्द्र घर्ती लगायत नेताहरुले स्वर्गिय नेता धामीको योगदानको उच्च प्रशंसा गर्दै उहाँको सपना पुरा गर्न पार्टीभित्र रुपान्तरण आवश्यक रहेकोमा जोड दिएका छन । ब्यक्ति केन्द्रीत राजनीतिको अन्त्य गर्दै जनताकोलागी राजनीति गर्नुपर्ने र पार्टीभित्र देखीएका सबै समस्याहरु अन्त्य गरेर अगाडी बढ्नुपर्नेमा उहाँहरुको जोड छ ।
नौगाड गाउँपालिका अध्यक्ष प्रेम सिह धामीले इतिहासको समिक्षा गर्दै प्रेमसिह धामीको सपना पुरा गर्न नेता कार्यकर्ताहरुले आत्मसमिक्षा गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले राष्ट्रियता, बिकार र जनप्रिर्य सन्त नेता धामीको षडयन्त्रपुर्बक दुर्घटना गराइएको हुनसक्ने भन्दै अद्ययन हुनुपर्नेमा जोड दिनुभयो । राष्ट्रप्रेमि, अद्ययनसिह र क्षमताबान नेता धामीबाट नेकपा नेताहरुले सिकेर ब्यवहार परिवर्तन गर्न सक्नुपर्ने अहिलेको आबश्यकता रहेको उहाँको भनाइ छ ।
मार्मा गाउँपालिका अध्यक्ष जमन सिह धामीले राष्ट्रियता बलियो बनाउँन आन्तरीक अर्थतन्त्र बलियो हुनुपर्ने भएकाले नेता धामीको सपना पुरा गर्न अहिलेको निति, बिचार र ब्यबस्था परिवर्तनहुनु आबश्यक रहेको धारणा राख्नुभयो । जनअपेक्षा र सरकारका गतिबिधिहरुबिच तालमेल हुन नसकेको वर्तमान अवस्थामा कार्यकर्ताहरुले नेतृत्वलाइ सच्चिन सहयोग गर्नुपर्ने अध्यक्ष धामीको भनाइ छ ।
नेकपा नेता ज्ञानेन्द्र घर्तीले अन्तरराष्ट्रिय चर्चा कमाउँन सफल राष्ट्रिय नेता स्वर्गिय धामी गुमनाम हुनु दुभाग्य भन्दै सरकारले धामीको योगदानको कदर गर्नुपर्ने धारणा राख्नुभयो । पार्टीभित्र सकारात्मक परिवर्तनकालागी आलोचना र आत्मआलोचना गर्दै नेता कार्यकर्ता अगाडी बढ्न सकेमात्रै नेता धामीको बिकास, एकता, समानता, स्वाभिमानको सपना सकार हुनसक्नेमा नेता घर्तीले जोड दिनुभयो ।
स्मृति प्रतिष्ठानका अध्यक्ष किसन सिह धामीको अध्यक्षतामा सञ्चालीत उक्त कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष धामीले प्रस्तुत गरेको कार्यपत्र माथि पत्रकार पदम बडालले टिप्पणी गर्नुभएको थियो । कार्यक्रमका सहभागिहरुले स्वर्गिय नेता धामीप्रति श्रद्धासुमन ब्यक्त गर्दै सम्झना गरेका थिए ।
![](https://radiosargam.org.np/uploads/news/images/large/2010548683badi-samudaya-05.jpeg)
बादी समुदायका बालबालिका आधारभुत शिक्षाबाट बञ्चित (फोटोफिचर)
सारथी खबर, दार्चुला । शिक्षा पाउनु सबै बालबालिकाको मौलिक हक एबं नैसर्गिक अधिकार हो, अनिवार्य निःशुल्क आधारभुत शिक्षा राज्यको नारा छ । नेपालको
![](https://radiosargam.org.np/uploads/news/images/large/2114905444prrrr.jpeg)
प्रेमसिह धामीको योगदान र सपना (२१ औ स्मृति दिवसको अवसरमा)
कालापानी हाम्रै हो, कालापानी काठमान्डौलाइ किन दुख्दैन (कालापानी नेपालको मुटु हो) भनेर सदनमै आवाज उठाउँने नेपालका एक सपुत, दार्चुलाको समाजिक, राजनीतिक
![](https://radiosargam.org.np/uploads/news/images/large/1295331337IMG20180707082644.jpeg)
जब प्रेममा मन भन्दा बढी शरीर हावी हुन थाल्छ, अनि सम्बन्धमा धरमराएन सुरु हून्छ ।
आफूले मनपराएको वा माया गरेको मान्छे कस्तो होलान् भन्ने कौतुहलता सबैलाई हुन्छ । भर्खरै किशोराअवस्थामा प्रवेश गर्नुभएको होला । कसैसँग भावनात्मक
प्रतिकृया दिनुहोस