यौन दुव्र्यवहार गरेको आरोपमा दुई जना पक्राउ
सारथी खबर, दार्चुला ।- दुई जना बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा दार्चुलामा दुई जना लाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रक्राउ पर्नेमा बैतडी जिल्ला डिलाशैनी गाउपालिका ३ का २१ वर्षिय देवेन्द्र कोली र १८ वर्षिय भरत कोली रहेका छन् ।
आरोपित दुवै जनाले भदौ २३ गते गौरामा देउडा हेरेर फर्कने क्रममा शैल्यशिखर नगरपालिका वडा नं ३ खोेला नजिकै दुइ जना वालिकालाई यौन दुव्र्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेपछि पक्राउ गरिएको हो । उनीहरुको दार्चुला जिल्ला अदालतबाट सात दिनकोम्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भदौ १ गतेबाट लागू भएको मुलुकी अपराध संहिता ऐन २०७४ ले कसैले करणीका आसयले वालवालिकासँग कुनै किसिमको यौनजन्य अस्वभाविक व्यवहार गरेमा वालयौन दुरुपयोग अथवा यौन दुव्र्यवहार गरिएमो मानिने छ । सो कसुर अन्तर्गत उनीहरुलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयासम्म जरीवानाको प्रावधान रहेको छ ।
सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै
सारथी खबर, दार्चुला । दार्चुला लगायत प्रदेश नम्बर ७ सुदूरपश्चिममा बुढी पोल्ने पर्वको रौनक छाएको छ । हरेक वर्ष असोज संक्रान्तिका दिन मनाइने बुढी
बादी समुदायका बालबालिका आधारभुत शिक्षाबाट बञ्चित (फोटोफिचर)
सारथी खबर, दार्चुला । शिक्षा पाउनु सबै बालबालिकाको मौलिक हक एबं नैसर्गिक अधिकार हो, अनिवार्य निःशुल्क आधारभुत शिक्षा राज्यको नारा छ । नेपालको
राष्ट्रवादी नेता स्वर्गिय प्रेमसिह धामी र राष्ट्रियताको सवाल
दार्चुला । राष्ट्रवादी नेता स्वर्गिय प्रेमसिह धामी र राष्ट्रियताको सवाल बिषयक एक दिने अन्तरक्रिर्या कार्यक्रमका बक्ताहरुले स्वर्गिय नेता धामीले
प्रतिकृया दिनुहोस