दुई दशकपछि अपिहिमाल आरोहणमा विदेशी

सारथी खबर, दार्चुला । सशस्त्र द्धन्द्धकालयता आरोहण हुन नसकेको दार्चुलाको अपिहिमालमा दुई दशकपछि पहिलो पटक युरोपियन मुलूक चेक गणतत्रका आठ जना २ जना नेपालीसहित १० जनाको टोली दार्चुला आइपुगेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, पर्यटन विभागको भदौ २२ गतेको अनुमति लिएर विदेशी टोली अपिहिमाल आरोहणको लागि आएको हो ।
यसअघि २०५५।५६ साल अघि मात्रै विदेशी नागरिक अपिहिमाल आरोहणको लागि आउने गरेका थिए । पछिल्लो समय अपि नाम्पा संरक्षण क्षेत्र गठन भएपछि विदेशी नागरिक अपिहिमाल क्षेत्रमा घुम्न तथा जंगली जनावरको अध्ययन अनुसन्धानको लागि मात्रै आउने गरेकोमा यस पटक आरोहणको अनुमति लिएर विदेशी टोली दार्चुला पुगेको हो ।
७ हजार १३२ मिटर उचाईमा रहेको अपिहिमाल दार्चुलाको अपिहिमाल गाउँपालिकामा पर्दछ । आरोहण टोलीको प्रर्यटन बोर्डका अधिकृत प्रेमकुमार पन्थी र कुविर तामाङले नेतृत्व गर्दै लगेका छन् । पर्यटन विभागले उक्त टोलीलाई ६० दिनको म्याद दिएको छ ।
आरोहि दलको टोली दार्चुलाको नौगाड गाउँपालिकाको सिप्टी हुँदै अपिहिमालको लागि प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी हिक्मत बहादुर बोहराले जानकारी दिनुभयो । विदेशी पर्वतारोहीहरुमा पिल्चोभा पाभला, मातोउस्के पाभेल, नोभाकोभा ओल्गा, बेलीक अन्तोनिन, अउरमुल्लेर भिट, भिरोउम्बाल मिचल, हरोन मिचले र तल्ला स्याल्भा रहेका छन् ।
टोलीलाई दार्चुला सदरमुकाम खंगामा स्वागत गर्दै आरोहणको लागि पठाइएको छ । यद्यपि आरोहि टोलीले जिल्लामा अपिनाम्पा संरक्षण क्षेत्र सँग भने कुनै समन्वय नभएको देखिएको छ ।
लामो समयसम्म आरोहण हुन नसकेको अपिहिमालमा विभागले उत्तर पश्चिमको मार्ग भएर आरोहणको अनुमति दिएको विभागद्धारा जारी गरिएको अनुमतिमा उल्लेख गरिएको छ ।
यसअघि अपि हिमालमा पहिलो पटक सन् १९६० मा आरोहण गरिएको रेकर्ड भेटिन्छ । अहिलेको अपिहिमाल आरोहि टिमले काठमाण्डौ, बैतडी, चमेलिया नदी हुदै घुसा बेस क्याम्पबाट हिमाल चढ्नेगरी अनुमति लिएको पाइएको छ ।
अपिनाम्पा संरक्षण क्षेत्रभित्र ७ हजार १ सय ३२ मिटर उचाइको अपि हिमाल, ६ हजार ७ सय ५७ मिटर उचाइमा रहेका नाम्पा हिमाल, ६ हजार ८ सय ५० मिटर रहेको कापाचुली हिमाल, जेठबुहारी, व्यास हिमाल, लगायतका उच्च हिमऋखंला रहेका छन् । हजारौ पर्यटकहरु घुम्न आउने सम्भाबना बोकेका पर्यटकीय क्षेत्रहरु प्रचारप्रसार, अपयुक्त मार्ग, आवश्यक भौतिक पुर्वाधार अभावलगायतका कारण विदेशी पर्यटक अपेक्षिकृत आउन नसकेको जानकारहरु बताउँछन् ।
यसैबीच दार्चुलाका ५ ओटा गाउँपालिका र महाकाली नगरपालिकाको केहि भूभाग गरी १९०३ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको अपि नाम्पा संरक्षण क्षेत्रमा झण्डै एक बर्षको अवघिमा ४६ जना विदेशी पर्यटक भित्रिएका छन् । कार्यालयका अनुसार यसअघि आर्थिक वर्ष ०७२।०७३ मा ११ महिला र १८ जना पुरुष गरी २९ जना, र आर्थिक वर्ष ०७३।०७४ मा ९ महिला र १८ पुरुष गरी २५ जना विदेशी पर्यटक अपि नाम्पा संरक्षण क्षेत्रमा भित्रिएका थिए ।
गत तिन बर्षको अवधिमा करिब एक सय बिदेशी पर्यटकले अपिनाम्पा संरक्षण क्षेत्रमा प्रबेश गरेका छन् । यहाँ पर्यटकहरुको मन लोभ्याउने थुप्रै जीवजन्तु, प्राकृतिक स्रोत साधनले भरीपूर्ण भएपनि यातायातको असुबिधा, पर्यटकीय पदमार्गको अभाव, दक्ष गाइड र उपयुक्त बसोबासको व्यवस्था, पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार अभाव लगायत कारणले पर्यटकहरु अपिनाम्पा संरक्षण क्षेत्रमा पुग्न सकेका छैनन् ।
जिल्लाकै एकमात्र गोकुलेश्वर बिमानस्थलको सञ्चालन, पर्यटकीय पदमार्ग निर्माण र राष्ट्यि अन्तरराष्टियस्तरमा प्रचार प्रसार हुनसके प्रयटकहरुको लागि अपिहिमाल र अपिनाम्पा संरक्षण क्षेत्र उचित गन्तब्य बन्न सक्ने पर्यटन कार्य समूहका अध्यक्ष सुरेन्द्रबहादुर पालको भनाई छ ।

photo from ram dhami facebook
 

प्रतिकृया दिनुहोस

असोज २, ३ र ४ गते तीन दिन संविधान दिवस

सारथी खबर, दार्चुला । सात दशक लामो संक्रमणकालको अन्त्य गर्दै संविधानसभाबाट नयाँ संविधान जारी भएको दिनको सम्झनामा असोज २, ३ र ४ गते तीन दिन संबिधान

५१ किलोग्राम अवैध सतुवासहित दुई जना पक्राउ

रेडियाे दार्चुला, दार्चुला । दार्चुलामा ५१ किलोग्राम अवैध सतुवा सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा दार्चुलाको ब्याँस गाउँपालिका वडा

दार्चुलाबाट छुटेकाे बस डोटीमा दुर्घटना : २८ घाइते, १५ गम्भीर

डोटी : दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेकाे बस डोटीकाे जोरायल गाउँपालिका–२ छतिवनमा दुर्घटना हुँदा २८ जना घाइते भएका छन्। घाइतेमध्ये १५ जनाको