प्रेमसिह धामीको योगदान र सपना (२१ औ स्मृति दिवसको अवसरमा)

कालापानी हाम्रै हो, कालापानी काठमान्डौलाइ किन दुख्दैन (कालापानी नेपालको मुटु हो) भनेर सदनमै आवाज उठाउँने नेपालका एक सपुत, दार्चुलाको समाजिक, राजनीतिक बिकासका धरोहर स्वर्गिय प्रेम सिह धामीको बुधबार एक्काइसौ स्मृति दिवस परेको छ । बिक्रम सम्बद २००९ साल भदौ १९ गते जन्मीएर जागीरे जीवन हुदै बहुदल स्थापना भएपछि खुला राजनीतिमा आएका राष्ट्रबादी नेता धामीको स्मृतिमा प्रेम सिह धामी स्मृति प्रतिष्ठानले बुधबार औपचारीक कार्यक्रमको आयोजना समेत गरेको छ । मालिकार्जुन गाउँपालिका ३ साबिकको मालिकार्जुन गाबिस वडा नम्बर ८ प्रेमनगर दार्चुलामा जन्मीएका धामीले नेपालको राष्टीयता, जिल्लाको बिकास र दार्चुलाको राजनीतिक पहुचमार्ग केन्द्रसम्म बिस्तार गर्न ठुलो योगदान पुर्याएका छन् ।
पञ्चायतकालसम्म जागीर गरेर बहुदलको स्थापना संगै राजनीतिक मैदानमा होमीएका धामीले २०४८ सालमा कञ्चनपुरबाट प्रतिनिधिसभा निर्बाचनमा प्रतिस्पर्धा गरे तर पराजय भोग्नुपर्यो । क्षमताबान नेता धामीले निर्बाचन लडेको झन्डै एक बर्षपछि २०४९ सालमा नेकपा मालेको केन्द्रीय सदस्य र राष्ट्रिय सभा सदस्यमा प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नुभयो । छोटो समयमै आफ्नो राजनीतिक छबि र पहुच केन्द्रसम्म बिस्तार गरीसकेका धामीले २०४९ सालदेखी नै पार्टीको महाकाली अञ्चल ईन्चार्ज र ३३ जनाको तत्कालिन मालेको केन्द्रीय कमिटि सदस्यको जिम्मेवारी पाउँनु दार्चुला र समग्र सुदूरपश्चिमकै भाग्यको कुरा थियो ।
धामीले २०५१ सालमा सम्पन्न प्रतिनिधिसभाको मध्यावधिक निर्बाचनमा बिजयि हुदै संसदमा प्रतिनिधित्व गर्नुभयो । साथै २०५१ सालमा पहिलोपटक मनमोहन अधिकारीको नेतृत्वमा गठन भएको ९ महिने कम्युनिष्ट सरकारमा आवास तथा भौतिक योजना राज्यमन्त्रीको महत्तपुर्ण जिम्मेवारी समेत प्राप्त गर्नुभयो । १५ सदस्यिय मन्त्रीमन्डलमा राज्यमन्त्रीको भुमिका समेत सफलतापुर्बक बहन गरेका उहाँले बिकाससंगै राष्ट्रियताको रक्षाका खातीर पटकपटक आवाज उठाएर राष्ट्रिय राजनीतिमा चर्चा समेत कमाउँन सफल हुनुभयो । ९ महिनामा सरकार बिगठन भएको केहि समयपछि नेपालमा तत्कालीन नेकपा माओबादीले सशस्त्र संघर्ष शुरु गर्यो । धामीले २०५३ सालमा माओबादी समस्या समाधान अध्ययन कार्यदलको संयोजक भएर काम गर्नुभयो । राष्ट्रियताको खातिर बलिदान दिनुपरेपनि पछि नपर्ने स्वाभिमानी बिचार बोकेका धामीको २०५४ भदौ २७ गते आजकै दिन गाडी दुर्घटनामा परि नुवाकोट जिल्लाको साबिकको मदानपुर गाबिस ३ क्युरिनिभिरमा असामयिक निधन हुनपुग्यो ।
धामीको भौतीक शरीर २०५४ सालमा क्षति भएपनि उहाँले दार्चुला लगायत समग्र प्रदेशनम्बर ७ को बिकास र नेपालको राष्ट्रियताको लागी पुर्याएको योगदान अहिलेपनि सम्झनामा छ । कम्युनिष्ट मात्रै हैन, प्रजातान्त्रीक समुहले समेत उहाँलाइ राष्ट्रबादी र बिकासप्रेमि नेताको रुपमा स्मरण गर्ने गरेका छन ।
नेता धामीले सुदूरपश्चिमको प्रमुख चाड गौरापर्वलाइ राष्ट्रिय रुपमा मनाउँनु पर्ने र गौराको अवसरमा सार्बजनिक बिदा दिइनुपर्ने संसदमा जोडदार माग गरेपछि अहिले देशभरी अष्टमीको दिन गौरा बिदा दिने गरीएको छ ।
दार्चुला जिल्लाको बिकासको मेरुदन्डको रुपमा रहेको महाकाली लोकमार्गलाइ बैतडीबाट दार्चुला सदरमुकामसम्म तिब्रताकासाथ बिकास गर्न सदन र सरकारसंग उप्लब्धीमुलक पहल गरेका धामीकै योगदान स्वरुप महाकाली लोकमार्ग दार्चुलामा समयमै बिस्तार भएको छ । सुदूरपश्चिमलाइ बजेट बिनियोजनमा सतौनी ब्यबहार देखाउँने सरकारलाइ महाकाली लोकमार्गमा प्रयाप्त बजेट बिनियोजन नगरे राजीनामा दिनेसम्मको चुनौती दिन सफल धामीको योगदानमा अहिलेपनि दार्चुलामा कम्युनिष्ट नेताहरुले निर्बाचनमा आफुले गरेको उपलब्धीको रुपमा जनतालाइ सुनाउँन पाएका छन । दार्चुलासम्म लोकमार्ग पहुच बिस्तार नहुदासम्म भारतीय बाटोको प्रयोग गर्नुपर्ने बाध्यतालाइ संसदमा आवाज उठाउँदै भारतबाट नेपाली टोपी लुकाउँदै परनिर्भर भएर गृहजिल्ला जानुभन्दा सदन र सरकारमा नबस्ने चुनौती दिएकै कारण लोकमार्ग सरकारको प्रार्थमिकतामा परेको बताइन्छ । धामीकै योगदानको अहिलेपनि नेकपाले मुल्याङकन गर्न सकेको देखीदैन । चुनाबको बेला मात्रै धामीलाइ सम्झने नेताहरुले महाकाली लोकमार्गलाइ प्रेमसिह धामी राजमार्गको रुपमा नामाकरण गर्न सके मात्रै पनि उहाँलाइ सम्झेको अर्थ हुने बुद्धिजिबिहरु बताउँछन । राष्ट्ररक्षा, बिकास र समृद्धि एब. समाजिक रुपान्तरणको उहाँको सपनालाइ अहिलेको नेतृत्वले आत्मसात गर्न सकेको छैन । उहाँको योगदानबाट केहि सिकेर जिल्लाको बिकासमा बर्तमान दार्चुलाको नेतृत्व र राजनीतिक नेताहरुको भुमिका हुनेछ भन्ने अपेक्षा ब्यक्त गर्दै स्मृति दिवसको अवसरमा राष्ट्रबादी स्वर्गिय नेता धामीलाइ श्रद्धासुमन सम्झना ब्यक्त गर्दछु ।
(मालिकार्जुन गाउँपालिका ३ का स्थानिय एबं पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकर सिह धामीको सहयोगमा )

प्रतिकृया दिनुहोस

राष्ट्रवादी नेता स्वर्गिय प्रेमसिह धामी र राष्ट्रियताको सवाल

दार्चुला । राष्ट्रवादी नेता स्वर्गिय प्रेमसिह धामी र राष्ट्रियताको सवाल बिषयक एक दिने अन्तरक्रिर्या कार्यक्रमका बक्ताहरुले स्वर्गिय नेता धामीले

असोज २, ३ र ४ गते तीन दिन संविधान दिवस

सारथी खबर, दार्चुला । सात दशक लामो संक्रमणकालको अन्त्य गर्दै संविधानसभाबाट नयाँ संविधान जारी भएको दिनको सम्झनामा असोज २, ३ र ४ गते तीन दिन संबिधान

सरकारले हुकुमी शासन चलाउन थाल्यो : पौडेल

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेल सरकार लोकतन्त्रप्रति प्रतिबद्ध नरहेको आरोप लगाउनु भएको छ ।  वरिष्ठ