निर्मला हत्या प्रकरण : मुख्य अभियुक्त भनिएका दिलीपसिंह विष्ट रिहा

कञ्चनपुर : यहाँकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या अभियोगमा प्रहरीले मुख्य अभियुक्तका रुपमा पक्राउ गरिएका दिलीपसिंह विष्ट अन्ततः निर्दोष सावित हुँदै रिहा भएका छन् । 

निर्मलाको डिएनएको प्रोफाइल र दिलीपसिंहको डिएनएको प्रोफाइल नमिलेपछि विष्टलाई जिल्ला अदालत कञ्चनपुरले मंगलबार साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । 

‘निर्मलाको डिएनएको प्रोफाइलसँग दिलीपसिंहको डिएनएको प्रोफाइल नमिलेपछि उनलाई अदालतले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो’, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कुवेर कडायतले भने ।

१३ वर्षीया बालिका निर्मला पन्तलाई बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले ४१ वर्षीय विस्टलाई गत ४ भदौमा घटनास्थल नजिकैबाट पक्राउ गरेको थियो । मानसिक सन्तुलन समेत गुमाएका विस्टलाई पक्राउ गरेपछि कञ्चनपुरमा भएको प्रदर्शनमा एकजनाले ज्यान गुमाएका थिए । 

भीमदत्त नगरपालिका–१९ बस्ने दिलिपसिंह विस्टलाई पक्राउ गरेपछि घटना ढाकछोप गर्न मानसिक सन्तुलन गुमाएकोलाई बलिको बोको बनाउन खोजिएको भन्दै प्रदर्शनका क्रममा स्थानीय किशोर सनी खुन्ना मारिएका थिए । उनलाई निर्मलाको हत्या भएको २५ औँ दिनपछि प्रहरीले घटनास्थल आसपासको क्षेत्रबाट पक्राउ गरेको थियो । 

जिल्ला प्रहरी कार्यालय स्रोतका अुनसार उनलाई पक्राउ गरी सोमबारै अदालतमा उपस्थित गराइएको छ । विस्टले बलात्कारपछि निर्मलाको हत्या गरेको स्वीकार गरेकाले सोमबारै साँझ ६ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरिएको छ । 

हाल निलम्बनमा रहेका तत्कालीन एसपी डिल्लीराज विस्ट कमाण्डको टोलीले दिलिपलाई नै मुख्य अभियुक्त भनेको थियो । उनलाई विगतमा पनि भेनाजुको हत्या गरेकाले प्रहरीले प्रमुख अभियुक्तका रुपमा पत्रकार सम्मेलन नै गरेर सार्वजनिक गरेको थियो । 

भीमदत्त नगरपालिका-२ उल्टाखाम निवासी १३ वर्षीया निर्मला गत साउन १० गतेदेखि बेपत्ता भएकी थिइन् । बेपत्ता भएकी उनको शव भोलिपल्ट गाउँ नजिकैको उखुबारीमा नग्न अवस्थामा भेटिएको थियो ।

#anpurn

प्रतिकृया दिनुहोस

असोज २, ३ र ४ गते तीन दिन संविधान दिवस

सारथी खबर, दार्चुला । सात दशक लामो संक्रमणकालको अन्त्य गर्दै संविधानसभाबाट नयाँ संविधान जारी भएको दिनको सम्झनामा असोज २, ३ र ४ गते तीन दिन संबिधान

५१ किलोग्राम अवैध सतुवासहित दुई जना पक्राउ

रेडियाे दार्चुला, दार्चुला । दार्चुलामा ५१ किलोग्राम अवैध सतुवा सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा दार्चुलाको ब्याँस गाउँपालिका वडा

दार्चुलाबाट छुटेकाे बस डोटीमा दुर्घटना : २८ घाइते, १५ गम्भीर

डोटी : दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेकाे बस डोटीकाे जोरायल गाउँपालिका–२ छतिवनमा दुर्घटना हुँदा २८ जना घाइते भएका छन्। घाइतेमध्ये १५ जनाको