बस दुर्घटना अपडेट  घाईते पाँच जना कैलाली रेफर

महाकाली लोकमार्ग अन्तर्गत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको डलासैनी गाउँपालिका ६ बांगाबगर नजिक आज दुई यात्रुवहाक बस ठोक्किएर घाईते भएका ५ जनालाई कैलाली रेफर गरिएको छ ।

रेफर गरिने घाईतेहरुमा दार्चुलाको मार्मा गाउँपालिका ३ का २७ बर्षीया मनिषा विष्ट, उनका श्रीमान ३३ बर्षीय पदम विष्ट, ३० बर्षीय सुरेन्द्र विष्ट, मार्मा ६ का २४ बर्षीय धन बहादुर नाथ र डडेल्धुरा अमरगढी नगरपालिका ६ का ४० बर्षीय राम बहादुर खड्का रहेका छन् । मनिषा गर्भवती समेत रहेको प्रहरीले जनाएको छ । घाइते खड्का ना ५ ख ७५४७ नंम्बर बसका चालक हुन ।
रेफर गरीएका पाचै जनाको गोकुलेश्वर अस्पतालमा उपचार हुन नसक्दा थप उपचारका लागी कैलाली रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । दुर्घटनामा परी १९ जना घाईते भएका थिए । अन्य घाईते गोकुलेश्वर अस्पतालमा उपचार भएको छ । 
महेन्द्रनगरवाट दार्चुलाका लागी छुटेको ना ६ ख ७४२० बस र गन्नावाट महेन्द्रनगरका लागी छुटेको ना ५ ख ७५४७ नं बस आज अपरान्ह साढे ४ बजे बांगाबगर ठोक्किएका थिए । दुर्घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

असोज २, ३ र ४ गते तीन दिन संविधान दिवस

सारथी खबर, दार्चुला । सात दशक लामो संक्रमणकालको अन्त्य गर्दै संविधानसभाबाट नयाँ संविधान जारी भएको दिनको सम्झनामा असोज २, ३ र ४ गते तीन दिन संबिधान

५१ किलोग्राम अवैध सतुवासहित दुई जना पक्राउ

रेडियाे दार्चुला, दार्चुला । दार्चुलामा ५१ किलोग्राम अवैध सतुवा सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा दार्चुलाको ब्याँस गाउँपालिका वडा

दार्चुलाबाट छुटेकाे बस डोटीमा दुर्घटना : २८ घाइते, १५ गम्भीर

डोटी : दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेकाे बस डोटीकाे जोरायल गाउँपालिका–२ छतिवनमा दुर्घटना हुँदा २८ जना घाइते भएका छन्। घाइतेमध्ये १५ जनाको