कर्मचारी आवास गृहमा नगरपालिका, निजामति कर्मचारीहरुको असन्तुष्टी

स्थापना कालदेखी नै ब्यवस्थित कार्यालय भवन अभाबमा समस्या झेल्दै आएको महाकाली नगरपालिकाले जिल्ला सदरमुकामस्थित वडा नम्बर ४ जिल्ला प्रशासन कार्यालय अगाडी निमार्ण भएकोे निजामति कर्मचारी आवास गृहमा कार्यालय ब्यवस्थापन गर्ने भएको छ । प्रदेश नम्बर ७ मै नमुनाको रुपमा निमार्ण सम्पन्न भएको निजामति कर्मचारी आवास गृहको ब्लक नम्बर ए लाइ ५ बर्षकोलागी नगरपालिकाले प्रयोग गर्नेगरी सोमबार सम्झौतामा हस्ताक्षर भएको महाकाली नगरपालिकाका प्रमुख हंशराज भट्टले जानकारी दिनुभयो ।
आइतबार नै सम्झौता गर्ने तयारी भएपनि आबश्यक तयारी अभाब भन्दै सोमबार नेपाल सरकारको तर्फबाट जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य र नगरपालिकाको तर्फबाट नगरप्रमुख भट्टले सम्झौतामा हस्ताक्षर गरेका हुन । महाकाली नगरपालिकामा जनप्रतिनिधि आएपछि नगरप्रमुख हंशराज भट्टले नगरपालिकाको तर्फबाट २०७४ असार २० गते कर्मचारी आवास गृहमा नगरपालिका कार्यालय सञ्चालन गर्न आबश्यक सहयोगकालागी मन्त्रालयमा अनुरोध गर्नुभएको थियो । उक्त पत्रको पुर्नस्मृति गराउँन २०७५ साल जेठ १६ गते समेत नगरपालिकाबाट संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएपछि मन्त्रालयले निजामति कर्मचारी आवास भवनको ब्लक नम्बर १ प्रयोग गर्न पाउँनेगरी निर्णय गरेपछि सम्झौता भएको हो ।
नगरपालिका साबिकको खलंगा गाबिसको भवनबाट सञ्चालन गर्दा ठाउँ अभाबमा कर्मचारी र जनप्रतिनिधिहरुले बिभिन्न समस्या झेल्दै आएको र नया भवन निमार्ण गर्न जमिन समेत पाएको थिएन । मुलुक संघिय संरचनामा गइसकेपछि कर्मचारी आवास गृह प्रयोगमा आउँने सम्भावना कम भएको, प्रयोग अभाबमा भवनको आयु घटेर जिर्ण बन्ने भएकोले नगरपालिकाको नियमित कामकाज सञ्चालन र भवनको संरक्षण गर्न समेत महाकाली नगरपालिका ४ खलंगामा रहेको आवास गृह नगरपालिकालाइ उपलब्ध गराउँन मन्त्रालयमा दुइ पटक आग्रह गरीएपछि निर्णय भएको हो । मन्त्रालयले नगरपालिकाबाट प्राप्त पत्रको आधारमा कर्मचारी आवास भवनको स्थायि वा बैकल्पीक ब्यबस्था नहुन्जेलसम्म ५ बर्षकोलागी नगरपालिकालाइ ब्लक ए प्रयोग गर्न दिने निर्णय गरीएको मन्त्रालयका शाखा अधिकृत शिला सापकोटाद्धारा हस्ताक्षरीत पत्रमा उल्लेख गरीएको छ ।
२०६८ सालमा निर्माण शुरु गरिएको भवन निर्माण ०७० मा सम्पन्न गर्ने सम्झौता भएपनि करिब ५ बर्ष ढीलागरी निमार्ण सम्पन्न भएको हो । भवन निर्माण गर्न कुल ६ करोड ६८ लाख रुपैयाँ लागतमा सम्झौता भएको थियो । ३ ब्लकमा निर्माण गरिएको भवनमा ४८ परिवार बस्ने क्षमता रहेको छ । भवन निर्माणमा ढिलाइ गरेको कारण निर्माण व्यवसायीबाट लाखौ रुपयाँ पेनाल्टी समेत भराइएको छ । तर निमार्ण ब्यबसायिसंग केहि कुरा मिल्न बाकि रहेका कारण लामो समय बिबाद चलेको थियो । अझैपनि उक्त भवन हस्तानान्तरण हुन बाकि रहेकोे बुझिएको छ ।
यसैबिच निजामती कर्मचारीहरुका लागि भनेर निर्माण गरिएको निजामति आवास गृह नगरपालिकाले प्रयोग गर्ने भएपछि निजामती कर्मचारीहरुले असन्तुष्टी जनाएका छन् । निजामती कर्मचारीहरुका नाममा भवन निर्माण गरिने र अन्तिमा आएर स्थानिय सरकारले प्रयोग गर्नुले निजामती कर्मचारीहरुमाथि अन्याय भएको आरोप निजामती कर्मचारीहरुको छ।
जिल्लाका सयौ निजामती कर्मचारीहरुले जिल्ला सदरमुकाम खलंगामा कोठा भाडामा बसीरहेको अवस्थामा कर्मचारीहरुको समस्यालाइ नजरअन्दाज गर्दै नगरपालिकालाइ दिनु सरासर अन्याय भएको भन्दै केहि कर्मचारीहरुले आक्रोस ब्यक्त गरेका छन । राष्ट्र सेवकका रुपमा काम गरिरहेका निजामती कर्मचारीहरुका लागि निर्माण गरिएको भवन निजामती कर्मचारीहरुले नै प्रयोग गर्न पाउनुपर्ने कर्मचारीहरुको माग छ । यसरी नगरपालिकाले निजामती आवास गृह प्रयोग गर्ने सम्झौता गर्नुले अन्याय भएको भन्दै कर्मचारीहरु असुन्तुष्ट देखिएका छन् ।

प्रतिकृया दिनुहोस

असोज २, ३ र ४ गते तीन दिन संविधान दिवस

सारथी खबर, दार्चुला । सात दशक लामो संक्रमणकालको अन्त्य गर्दै संविधानसभाबाट नयाँ संविधान जारी भएको दिनको सम्झनामा असोज २, ३ र ४ गते तीन दिन संबिधान

५१ किलोग्राम अवैध सतुवासहित दुई जना पक्राउ

रेडियाे दार्चुला, दार्चुला । दार्चुलामा ५१ किलोग्राम अवैध सतुवा सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा दार्चुलाको ब्याँस गाउँपालिका वडा

दार्चुलाबाट छुटेकाे बस डोटीमा दुर्घटना : २८ घाइते, १५ गम्भीर

डोटी : दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेकाे बस डोटीकाे जोरायल गाउँपालिका–२ छतिवनमा दुर्घटना हुँदा २८ जना घाइते भएका छन्। घाइतेमध्ये १५ जनाको