|

समाचार

नधरमराओस् पहिचान ।

  
   ज्ञानेन्द्र निरौला ।।

 

झापालीको कुरा गर्ने हो भने पछिल्ला बर्षहरूमा स्थानीयवासीको अद्भूत एकता, सद्भाव र एउटा मर्यादित शहरको पहिचान बनाएको छ सुरुङ्गा बजारले । माओबादी जनयुद्धको चरम चपेटामा पर्दा होस् या लिम्बुवान आन्दोलनको चेपुवामा परेका बेला नै किन नहोस्, सुरुङाबासीको एकता अभूतपूर्व देखिएको छ ।

झापाको सुरुङ्गा अब एउटा बजार मात्रको नाम रहेन । यो नामभित्र एउटा चहकिलो सभ्यताको अनुभूति गर्न थालेका छन् आम मानिसले । कहिले पनि बन्द नहुने बजार मात्र होइन, व्यावसायिक व्रिmयाकलापदेखि पर बिभिन्न सामाजिक गतिबिधिमा पनि उत्तिकै व्रिmयाशिल र उदार छ सुरुङ्गा ।

मुलुक कै पवित्र नदीहरूमध्ये एक मानिने कन्काईको पूर्वी काखका कन्काई माई झैँ पवित्र र निष्कलङ्कित अनि अबिचलित रुपमा उभिएको छ सुरुङ्गा बजार । ‘बन्द मुक्त’ क्षेत्रको पर्याय बनेको सुरुङ्गा बजार झापाका अन्य विभिन्न स्थानका लागि प्रेरणाको स्रोत हो । झापालीको मात्र होइन सिङ्गो मुलुक कै गौरव हो सुरुङ्गा बजार ।
यतिका धेरै विश्वासको मालाले सजिएको सुरुङ्गा बजार यो हप्ता नैतिक रुपमा स्खलित भएको देखियो । आखिर किन सुरुङ्गाले आफ्नो एकताको बललाई गलत र ठगी धन्धालाई प्रोत्साहनमा प्रयोग ग¥यो । अब्बल हुनु भनेको जनविश्वास सहितको अब्बलता नै हो । सुरुङ्गामा यो हप्ता जे भैरहेछ, त्यो घटनाले सुरुङ्गाको शिखरमा पुगेको पहिचानलाई होच्याउने काम गरेको छ । यथार्थ के हो त्यसको बारेमा आम नागरिक र खास गरी सुरुङ्गाप्रति विश्वास गर्नेहरूलाई छर्लङ्ग पार्नु सुरुङ्गाबासीको पहिलो कर्तब्य बन्नु पर्छ ।

सुरुङ्गाका पेट्रोल पम्पहरूले जे गरे, त्यो नाजायज थियो । त्यो आम उपभोक्ताहरूमाथिको खुलेआम ठगी हो र त्यसमा राज्यको कानुनले ब्यवस्था गरेको दण्ड उनीहरूले पाउने कुरामा सारा सुरुङ्गाबासी लाग्नुको सट्टा ठगी गरेर आम उपभोक्ताको ढाड सेक्ने व्यवसायीको पक्षमा सिङ्गो सुरुङ्गा अप्रत्यासित रुपमा लागेको देखियो ।
यति मात्र होइन, बन्द हड्ताल मुक्त बजारको मानक सावित भएको सुरुङ्गाका स्थानीय आफैले राज्यको कानूनी प्रव्रिmया विरुद्ध केही बेर नै भए पनि मुख्य सडक बन्द गराए । सुरुङ्गाले निकै चुनौति र धाक धम्कीको लामो श्रृङ्खला छिचोलेर र निडर भएर स्थापित गरेको आफ्नै परिचयको धज्जी उडाएको छ ।

यथार्थ के हो सुरुङ्गालाई माया गर्ने सबैले जान्न चाहेका छन् । किन आज सुरुङ्गालाई मानिसहरू गलत ढङ्गबाट उदाङ्गो पार्ने प्रयास गरिरहेका छन् । सुरुङ्गाले कमाएको ख्यातिबाट बिचलित भएकाहरूको झुण्डबाट कुनै कालो कोठामा त यो कर्मको योजना बनिरहेको त छैन रु यसतर्फ सुरुङ्गा बजारका ब्यवसायीले मात्र होइन, सिङ्गो सुरुङ्गाबासी र त्यहाँ रहेका बिभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू र नेतृत्व वर्गले बेलैमा चनाखो नबन्ने हो भन्ने यसले सुरुङ्गाको ख्यातीमा दूरगामी नकारात्मक असर पार्ने निश्चित छ ।

के सुरुङ्गालाई आम उपभोक्ताहरूको हित हुने राज्यको कानून चाहिँदैन रु सुरुङ्गा बजार कुनै ठगी धन्धा गर्नेहरूको अखडा होइन भन्ने बनाउन र सुरुङ्गाको गौरवलाई कायम राख्न त्यस क्षेत्रका आम नागरिकको समय रहँदै ध्यान पुगोस्, कामना छ ।

 



यसमा तपाईको मत