|

समाचार

सूचनाको शक्ति केन्द्र । ज्ञानेन्द्र निरौला

सूचनाको शक्ति केन्द्र । ज्ञानेन्द्र निरौला

आज फेब्रुअरी १३ अर्थात बिश्व रेडियो दिवस । रेडियोसँग प्रत्यक्ष र परोक्ष रुपमा सम्मिलित विश्वका सम्पूर्ण रेडियो अभियन्ताहरुका लागि आज एउटा खुसीको क्षण हो भने रेडियोको प्रसारणलाई थप जनमुखी र स्थानीयस्तरको आफ्नो पनबाट हुर्काउन आजको दिनलाई चुनौतीका रुपमा स्मरण गर्ने दिन पनि हो । नेपालमा सबै भन्दा सरल र सजिलो सूचनाको माध्यमका रुपमा रेडियोलाई लिने गरिन्छ । त्यसको मुख्य कारण नेपालको भौगोलिक अवस्थिति नै हो । त्यस कै कारण पनि पछिल्लो समय सङ्ख्यात्मक रुपमा रेडियोको बृद्धि भइरहेको छ । हाम्रो जस्तो देशमा पत्रपत्रिका र टेलिभिजनको पहुँच दुर दराजका गाउँहरु सहज नभएको अवस्थामा रेडियो नै सूचना पाउने पहिलो माध्यमका रुपमा रहेको छ । त्यसैको फलस्वरुप पछिल्ला बर्षहरुमा स्थानीय रुपमा एफएम रेडियोको सङ्ख्या ह्वात्तै बढेर गएको छ । यद्यपि स्थानीय रेडियोहरुको सङ्ख्यात्मक बृद्धिका अन्य थुप्रै कारणहरु हुन सक्छन् । हाल नेपालमा ४ सय ५० भन्दा बढी एफएम रेडियोहरु प्रसारणमा रहेका छन् भने थप एक सयको सङ्ख्यामा सञ्चार मन्त्रालयमा अनुमतिको पर्खाइमा भएको सञ्चार मन्त्रालयको तथ्याङ्क छ । झापामा मात्र प्रसारणमा रहेका रेडियोको सङ्ख्या १६ पुगिसकेको छ । नेपाल सरकारको स्वामित्वमा रहेको रेडियो नेपाल बाहेक पनि नेपालमा प्रसारणमा रहेका रेडियोहरु संरचनाका हिसाबले मुलत तीन प्रकारका छन् । पहिलो समुदाय केन्द्रित सङघ संस्था अर्थात गैरसरकारी संस्था र सहकारी संस्थाहरुमा प्रसारण अनुमति रहेका रेडियोहरु । दोस्रो कम्पनी ऐन अन्तरगत कम्पनी रजिष्टार कार्यालयमा दर्ता रहेका नीजि कम्पनीहरुमा प्रसारण अनुमति रहेका रेडियोहरु । तेस्रोमा स्थानीय समुदायको समेत सहभागिता रहेका नेपाल सरकारका बिभिन्न निकाय वा कार्यालयहरु गाउँ बिकास समिति, नेपाल प्रहरी, शैक्षिक संस्थाहरु लगायतमा प्रसारण अनुमति रहेका रेडियोहरु छन् । यिनै रेडियोहरुले आम नागरिकलाई सूचना, मनोञ्जन, जनचेतना मुलक सामाग्रीहरु प्रसारण गरेर सुचनाको पहुँच घरघर सम्म पु¥याइरहेका छन् । त्यसैले नेपालमा रेडियोलाई राज्य र नागरिक दुवै पक्षले सूचनाको शक्तिको रुपमा लिएको देखिन्छ ।

रेडियोको सङ्ख्या बृद्धिसँगै नेपालमा यसले एउटा सेवा मुलक उद्योगको रुप लिंदै गएको छ । हाल सञ्चालित रेडियोमा प्रसाशनिक र प्रशारणमा हजारौंले रोजगारीको अवसर पाएका छन भने आम नागरिकको दैनिक जीवन भोगाईमा समेत रेडियोले सकारात्मक परिवर्तन ल्याएको देखिन्छ । या भनौँ नेपाली समाजले रेडियोलाई एउटा अभिन्न साथीको रुपमा स्वीकार गरिसकेको छ । समाज रुपमान्तरणमा नेपाली रेडियोहरुको उपयोग जे जसरी भइरहेको छ त्यसको दायरा फराकिलो बनाउनु अझै थप केही गर्न जरुरी छ । आजका दिनसम्म केही बिषेश परिस्थिति बाहेक रेडियोको ब्यवस्थापन र कार्यरत रेडियोकर्मीहरुले आन्तरिक छलफलबाट मात्रै कार्यव्रmम र अन्य सूचनामुलक सामाग्री प्रसारण गर्ने गरेका छन् । हाम्रो समाजमा आज पनि रेडियोबाट प्रसारण हुने कार्यव्रmम तथा अन्य सामग्री निर्माणमा स्थानीय समुदायको प्रत्यक्ष सहभागिता रहेको देखिदैन । या भनौं रेडियोले प्रसारण गरेको सुन्नु नै स्रोता वा स्थानीय समुदायको बाध्यता छ । यसो भनिरहँदा अहिले समुदायको प्रत्यक्ष सभागितामा निर्माण भइरहेका रेडियो कार्यव्रmमलाई अबमूल्यन गर्न खोजिएको भने होइन । यहाँ प्रसङ्ग के मात्र उठान गर्न खोजिएको हो भने तयार गरिएको कार्यव्रmममा स्थानीयको सहभागिता र नयाँ कार्यव्रmम निर्माणको तयारी गर्दा नै स्थानीयबासीको सहभागिता बिचको फरकको मात्र बिषयलाई राख्न खोजिएको हो । आजका दिनसम्म पनि रेडियोहरुले कार्यव्रmमको तयारी गरिसके पछि स्थानीयको सहभागिता गराएर कार्यव्रmमलाई पुर्णता दिने गरेका छन् तर कुनै पनि रेडियो कार्यव्रmम निर्माण गर्ने तयारी कै बेला स्थानीय समुदायको प्रत्यक्ष सहभागिता गराएर उनीहरुको अपेक्षा अनुरुप कार्यव्रmम निर्माण गर्ने तर्फ धेरैको ध्यान गएको देखिँदैन । रेडियोहरुको सङ्ख्यात्मक बृद्धिसँगै यसतर्फ पनि हामी रेडियोकर्मीहरुले सोच्नु पर्ने बेला आएको छ । कार्यव्रmमको प्रकृति र त्यसको लक्षित स्रोतालाई मध्यनजर गरेर झापा लगायत अन्य जिल्लामा समेत पनि केही रेडियोहरुले रेडियो कार्यव्रmम तयारी कै व्रmममा स्थानीयको सहभागिता गराउने व्रmमको शुरुवात गरेको देखिन्छ । यसले अहिलेसम्म सुन्न मात्र सहभागिता जनाएको स्रोताको तर्फबाट समेत पनि रेडियो कार्यव्रmम निर्माण मै आफूलाई उभ्याउने अवसर प्राप्त भएको छ ।

नेपाली रेडियोको प्रसँग उल्लेख गर्दै गर्दा अर्को महत्वपूर्ण बिषय भनेको त्यहाँ कार्यरत जनशक्ति पनि हो । चार सय भन्दा बढी रेडियोमा प्रत्यक्ष रुपमा रोजगारीमा रहेका जनशक्तिलाई नजिकबाट नियाल्ने हो भने ती सबै युवा जनशक्ति छन् । जसलाई आज नै सकारात्मकता तर्फ उन्मुख गराउने हो भने एकै पटक र एकै क्षण सम्पूर्ण नेपाली नागरिकलाई सकारात्मक रुपान्तरणको सन्देश दिन सक्ने माध्यम हामीसँग तयारी अवस्थामा छ ।

नेपालमा रेडियोहरुको जुन रुपमा सङ्ख्यात्मक बिकास भयो त्यसको तुलनामा तीनीहरुको गुणस्तरीयतामा भने सम्बन्धित पक्षले खासै ध्यान दिएको देखिँदैन । बिश्वका अधिकांश मुलुकहरुमा एफ एम रेडियोहरुलाई शुद्ध मनोरञ्जनको रुपमा प्रयोग गरेको देखिन्छ भने बेलायतमा स्थानीय रेडियोहरुलाई तत्कालको मौसम जान्नका लागि आम नागरिकले प्रयोग गरेको देखिन्छ । जे जसरी भए पनि एफएम रेडियोहरुले स्थानीयको विश्वास आर्जन गरिरहेका छन् । तर, नेपालको परिप्रेक्षमा स्थानीय रेडियोहरुको प्रयोग अलि फरक ढङ्गबाट गरिएको छ । यहाँका रेडियोहरुले प्रसारणका हिसाबले विश्वका अन्य मुलुकमा भन्दा अलि फराकिलो दायरा राखेका छन् । चाहे त्यो प्रसारण क्षमताका हिसाबले नै किन नहोस् वा प्रसारण सामाग्रीका हिसाबले नै किन नहोस् । त्यसो त छिमेकी देश भारतमा नै पनि एफ एम रेडियोहरु गीत सङ्गीतको प्रसारणमा मात्र सीमित छन् ।

२०५४ सालदेखि नेपालमा सरकारदेखि बाहिर पनि रेडियो सञ्चालनको अनुमति पाएको भए पनि ०६२÷०६३ सालको जनआन्दोलनको सफलतासँगै नयाँ परिवेशमा रेडियोहरुको स्थापनाले तीब्रता पायो । त्यती मात्र होइन नेपाली भुगोलमा रेडियोहरु समाज रुपान्तरणका सबै भन्दा उपयोगी साधनका रुपमा पनि प्रयोगमा आएका छन् । रेडियोलाई शक्तिको रुपमा बुझेर नै नेपालमा व्रिmयाशील राजनितिक दलहरुले आफ्नो संगठनात्मक संरचनाभित्र पनि रेडियो प्रसारणलाई प्रवेश गराएको देखिन्छ । जनयुद्ध कालमा तत्कालिन नेकपा माओबादीले सुरुङ खनेर होस् वा डोकोमा बोकेर नै किन नहोस् आफ्ना गतिबिधि बाहिर ल्याउन रेडियो कै प्रयोग गरेको इतिहास हामीले भोगिसकेका छौं भने अन्य राजनीतिक दलले समेत अघोषित रुपमा नै भए पनि आफ्ना कार्यकर्ताहरुलाई रेडियोतर्फ उन्मुख गराएका छन् । आम नागरिकको सूचनाको पहिलो रोजाईका रुपमा मात्र होइन कि मानिसको ब्यवहार परिवर्तनमा समेत रेडियोहरु कै महत्वपूर्ण भूमिका देखिन्छ । नेपाली समाजले आफूमा भएको साधन अर्थात रेडियोलाई आज पनि पूर्ण क्षमतामा प्रयोगमा ल्याउन नसेको दखिन्छ । स्थानीय समाजले सबै प्रकारका बाद र बिचारलाई त्यागेर स्थानीय समुदाय र राष्ट्र निर्माणमा स्थानीय रेडियोहरुको भरपुर प्रयोग गर्ने हो भने समाज बिकासको रफ्तारमा अहिलेको भन्दा कैयौं गुणा बृद्धि हुने निश्चित छ । त्यसैले रेडियोलाई समाजले अझ खारिएको रुपमा प्रयोग गर्नु अत्यावश्यक भइसकेको छ । यदि समाजले नै रेडियोको प्रयोगमा थप सव्रिmयता देखाउने हो भने नेपालमा सङ्ख्यात्मक रुपमा बृद्धिको अवस्थामा मात्र रहेका रेडियो स्टेशनहरुले समेत आफ्नो प्रसारणलाई थप गुणस्तरीय बनाउन अपरिहार्य भएको छ ।

लेखक : रेडियो सरगम धुलाबारी झापाका प्रबन्ध निर्देशक हुन ।
 



यसमा तपाईको मत