|

समाचार

मेचीनगरको मतगणनामा पत्रकारलाई रोक, पत्रकार द्वार बिरोध

मेचीनगरको मतगणनामा पत्रकारलाई रोक,  पत्रकार द्वार बिरोध
धुलाबारी, असार, १६ ।
प्रतिक न्यौपाने
मेचीनगर नगरपालिकामा जारी मतगणनाको ताजा अपडेट सञ्चारकर्मीलाई दिन रोक लगाईएको छ । सञ्चारमाध्यम मार्फत आम नागरिकलाई सुचना प्रदान गर्नुपर्ने भएपनि सञ्चार माध्यमलाई नै मतपरिणामको जानकारी नदिदा आम नागरिक सुचनाको हकबाट बञ्चित भएका छन ।
 
झापाका अरु स्थानीय तहमा सहज रुपमा नै मतगणनाको जानकारी पाइरहदा मेचीनगरमा भने यस्तो अवस्था रहेको पत्रकार विमर्श उप्रेतीले बताउनुभयो । हिजो पत्रकारका नेतृत्वहरुसँग छलफल गरेर निर्वाचन आयोगले सबै भन्दा पहिले पत्रकारलाई ताजा अपडेटका बारेमा जानकारी गराउने र त्यस पछि मात्र नगरपालिकाको गेटमा राखिएको डिस्प्लेबाट जानकारी गराउने सहमति भएको थियो । तर आज भने सो सहमति निर्वाचन आयोगले पालना गरेन ।
डिस्प्लेबाट मतपरिणाम सार्वजनिक गरिएको करिब १ घन्टा पछि बाट मात्र पत्रकारलाई मतपरिणामको जानकारी दिन थालिएको पत्रकार उप्रेतीले बताउनुभयो । निर्वाचन आयोगबाट मतगणनाको अपडेट पाउन ३।४ घन्टा कुर्नुपर्ने अवस्था आएको पत्रकार शुष्मा राजवँशीले बताउनुभयो । 
 
यसै बिच पत्रकारहरुका लागि सहज रुपमा मतगणनाको जानकारी पाउने अवस्था नभएको भन्दै रेडियो सरगमले मेचीनगरको मतगणनाको अपडेट नगराउने निर्णय गरेको छ । सञ्चारकर्मीका लागि सहज बातावरण नबने सम्म मेचीनगरमा मतगणनाको जानकारी दिन नसकिने रेडियो सरगमका प्रबन्ध निर्देशक ज्ञानेन्द्र निरौलाले बताउनु भयो ।
 
निरौलाका अनुसार सञ्चारकर्मीलाई मतगणना स्थलमा नै प्रवेश गर्न रोक लगाएर प्रहरीले दिएको सुचना लिनु पर्ने अवस्था कदापि मान्य नहुने भएकाले अर्को ब्यवस्था नभए सम्म रेडियो सरगमले मेचीनगरको मतगणनाको ताजा जानकारी दिन नसक्ने बताउनु भयो ।
 


यसमा तपाईको मत