|

समाचार

झापामा निर्वाचन शिक्षा प्रभावकारी भएन

झापामा निर्वाचन शिक्षा प्रभावकारी भएन
धुलाबारी । असार ११ ।
प्रतिक न्यौपाने ।
निर्वाचनको मिति नजिकिदै गइरहेका बेला झापामा मतदाता शिक्षाको अभाव देखिएको छ । स्थानीय तह निर्वाचन आउन ३ दिन मात्र बाँकी रहदा झापाका सर्बै स्थानमा मतदाता शिक्षाका लागि खटाइएका स्वयं सेवकहरु नपुगेको पाइएको हो । 
 
झापा मेचीनगर नगरपालिका १२ सयरडाँगी कि अस्मिता कार्कीले अहिले सम्म निर्वाचन शिक्षाका लागि खटाइएका स्वयं सेवकहरु आइनपुगेको बताउनुभयो । उहाले भन्ुभयो,‘‘ राजनीतिक दलका नेता कार्यकर्ताहरु घरदैलो कार्यक्रममा आउदा यसरी भोट हाल्नु पर्छ भनेर आफ्नु चुनाव चिन्ह्मा मात्र भोट हाल्न सिकाउनुहुन्छ । निर्वाचन शिक्षा कै लागि त कोही पनि आउनुभएको छैन ।” भोट हाल्ने तरिकामा अझै स्पष्ट नरहेको उँहाले बताउनुभएको छ । 
 
झापा शनिअर्जु नगरपालिका ११ का हुतराज भट्टराईको पनि गुनासो यस्तै रहेको छ । आफुले भोट हाल्ने तरिका टेलिभिजनबाट थाहा पाएको तर प्रष्ट भने नरहेको उहा बताउनुहुन्छ । मतदाता शिक्षा प्रभावकारी बनाइदिए आफुहरुलाई सहि जन प्रतिनिधि चुन्न सहज हुने उहाको भनाई छ । शनिअर्जुन ११ सालबारीमा पनि अहिले सम्म निर्वाचन शिक्षाका लागि स्वयं सेवकहरु नपुगेको त्यहाका स्थानीयले बताए । 
 
मेचीनगर नगरपालिका १५ ज्यामिरगढीमा पनि अहिले सम्म मतदाता शिक्षाका लागि खटाइएका स्वयं सेवकहरु पुगेका छैनन् । ज्यामिरगढीका नैन सिंह थापाले भन्नुभयो, ‘‘ भोट यसरी हाल्नु पर्छ भन्दै सिकाउने कोही पनि आइपुगेका छैनन् । अरुबेलाको मतपत्र भन्दा यसपालीको मतपत्र अलिक अफट्यारो पनि छ भन्छन् ।” 
 
पहिलो चरणको निर्वाचनमा भोट बदरको संख्या अधिक देखिएकाले दोस्रो चरणको निर्वाचनमा मतदाता शिक्षालाई अझ प्रभावकारी बनाउने भन्दै निर्वाचन आयोग लागेको थियो । तर झापामा भने प्रभावकारी रुपमा मतदाता शिक्षा दिइएको देखिएन । जिल्ला निर्वाचन कार्यलय झापा भने निर्वाचन शिक्षा प्रभावकारी रुपमा सञ्चालन भइरहेको दावी गर्छ ।
 
कारण बस कुनै स्थानमा स्वयंसेवकहरु नपुगेको हुन सक्ने जिल्ला निर्वाचन कार्यलय झापाका सुचना अधिकारी खेम थापाले बताउनुभयो । यदाकदा यस्तो गुनासो सुनिए पनि निर्वाचन शिक्षा प्रभावकारी रुपमा सञ्चालन भइरहेको थापाको दावी छ । झापामा मतदाता शिक्षाका लागि ६३७ स्वयंसेवक खटाइएका छन । उनिहरुलाई चुनावमा खटिए बापत सरकाले १५ हजार रुपया दिने व्यवस्था गरेको छ । 
 
 
 
 


यसमा तपाईको मत