|

समाचार

ज्ञानेन्द्रले मौका छोप्न नसक्दा दिल्लीमा १२ बुँदे समझदारी गर्नुपरेको प्रचण्डद्वारा खुलासा

ज्ञानेन्द्रले मौका छोप्न नसक्दा दिल्लीमा १२ बुँदे समझदारी गर्नुपरेको प्रचण्डद्वारा खुलासा
झापा, असार ६ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन राजा ज्ञानेन्द्र शाहले आफ्नो हातमा आएको मौका छोप्न नसक्दा नेपालको शान्ति प्रक्रियामा विदेशीले भूमिका खेल्न पाएको बताउनु भएको छ ।
 
राजधानीमा आज भएको एक कार्यक्रममा प्रचण्डले ज्ञानेन्द्रले आफ्नो हातमा आएको मौका छोप्न नसक्दा राजनीतिक दलसँग दिल्लीमा १२ बुँदे समझदारी गर्नुपरेको खुलासा गर्नु भएको हो ।
 
आफूले युद्धबाट मुलुकलाई धेरै क्षति हुन नदिन तत्कालिन राजा वीरेन्द्रका भाइ धिरेन्द्रसँग वार्ता गरेको र वीरेन्द्रसँग वार्ता हुने बेला दरबार हत्याकाण्ड भएको उहाँले उल्लेख गर्नुभयो ।
 
माओवादी अध्यक्ष प्रचण्डले तत्कालिन संसदवादी पार्टीहरु संविधानसभामा राजालाई सहमत गराउन र आफू पनि आउन असमर्थ भएपछि आफूले राजासँगै वार्ता गर्न खोजेको उल्लेख गर्नुभयो ।
 
 


यसमा तपाईको मत