|

समाचार

एसिया कप छनोटः नेपाल र यमन बीचको खेल बराबरीमा टुङ्गियो

एसिया कप छनोटः नेपाल र यमन बीचको खेल बराबरीमा टुङ्गियो
झापा, जेठ ३० ।
एसिया कप छनोट फुटबलको तेस्रो चरणअन्तर्गत् आफ्नो दोस्रो खेलमा नेपालले यमनसँग गोलरहित बराबरी खेलेको छ । मध्यान्तरअघि र मध्यान्तरपछि गरी नेपालले गोल गर्ने आधादर्जन अवसर खेरफालेको थियो । यमनका केही प्रहारलाई नेपाली गोलकिपर किरण चेम्जोङले विफल पारेका थिए ।
 
फिफा वरियतामा नेपालभन्दा बलियो टोली भएपनि यमनले मंगलबार सशस्त्र प्रहरी बलको मैदान हलचोकमा खासै राम्रो प्रदर्शन गर्न सकेन । यसअघि भने नेपालले कम्तीमा नहार्ने रणनीति लिएर खेल्ने बताएको थियो ।
 
खेल बराबरीमा सकिएपनि नेपाली खेलाडीले यसअघिका गल्ती–कमजोरी भने हटाउन सकेनन् । छनोट चरणको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग उसकै मैदानमा ४–१ को हार व्यहोरेको थियो भने यमनले ताजकिस्तानलाई २–१ ले हराएको थियो ।
 


यसमा तपाईको मत