|

समाचार

काँग्रेसले टुङ्ग्यायो मेचीनगरका वडा अध्यक्षका उम्मेद्वार, वडा नं. १४ मा शर्त राजबंशी

काँग्रेसले टुङ्ग्यायो मेचीनगरका वडा अध्यक्षका उम्मेद्वार, वडा नं. १४ मा शर्त राजबंशी धुलाबारी, जेठ २८ नेपाली काँग्रेसले मेचीनगर वडा नं. १४ को वडा अध्यक्षमा शर्त राजबंशीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । यो निर्णयसंगै काँग्रेसले मेचीनगरका सबै १५ वटै वडाका अध्यक्षका उम्मेद्वारहरु टुङ्गो लगाएको छ । वडा नं. १४ बाहेकका अन्य वडाहरुका उम्मेद्वार आजै बिहान जिल्ला समितिको बैठकबाट निर्णय गरेको थियो । निरन्तरको छलफल र साबिकका वडा सभापतिको राय सहितलाई आधार मानेर शर्त राजबंशीलाई उम्मेद्वार बनाउने सहमति भएको काँग्रेस जिल्ला सदस्य पुष्पराज पौड्ेलले जानकारी दिनु भयो । मेचीनगर १४ मा क्षेत्रीय समितिले गोपी मैनालीलाई वडा अध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरे पछि बिवाद आएको थियो । मेचीनगरका अन्य केही वडा सहित वडा नं. १४ को पनि उम्मेद्वार परिवर्तन गर्न आज जिल्ला संयन्त्र र जिल्ला समितिको लगातार बैठक बसी मेचीनगरका सबै १५ वडा अध्यक्षका उम्मेद्वार टुङ्गो लगाएको काँग्रेस झापाले जनाएको छ । कांग्रेसले यस अघि मेचीनगर वाड नम्बर १ मा कृष्ण सुवेदी, २ मा हिम्मत क्षेत्री, ३ मा दिपक थापा मगर, ४मा नविन बराल, ५ मा योगेन्द्र थापा मगर, ६ मा ललित तामाङ्ग, ७ मा चन्दन मेचे, ८ मा गिरिराज धमला, ९मा गोपाल खड्का, १० मा सुदय पनेरु, ११ मा हरि कार्की, १२ मा लाल बहादुर चौहान, १३ मा पुष्प कार्की र १५ मा राजन भट्टराईलाई वाड अध्यक्ष पदको उम्मेद्वार बनाउने निर्णय गरेको नेपाली कांग्रेस झापाका सदस्य पुष्पराज पौडेलले रेडियो सरगमलाई जानकारी दिनुभयो ।

यसमा तपाईको मत