|

समाचार

एमाले मेचिनगरद्वारा घोषणा पत्र सार्वजनिक

एमाले मेचिनगरद्वारा घोषणा पत्र सार्वजनिक
रोमन आचार्य
नेकपा एमाले मेचीनगरले आसन्न स्थानीय तह निर्वाचनकालागि मेचिनगर स्तरिय घोषणा पत्र सार्वजनिक गरेको छ । ‘नेकपा एमालेको आवहन : समृद्ध नगरकालागि सुर्यमा मतदान’ मुख्य नारा राखिएको १६ पृष्ठको घोषणा पत्र आज सार्वजनीक गरिएको हो ।
घोषणा पत्रमा विशेष गरेर स्वास्थ , शिक्षा ,कृषि , उघोग , सामाजीक भत्ता लगायतका विषयलाई समावेश गरिएको छ । घोषणा पत्रमा विपन्न महिलाकालागि सुत्केरी पोषण भत्ता २ हजार , स्वास्थ स्वयम् सेविकालाई मासिक भत्ता ५ हजार पुर्याउने उल्लेख गरिएको छ । घर घरमा अप्टिकल फाइबरमार्फत इन्टरनेट सुविधा , ठाँउ ठाँउमा निःशुल्क वाइफाइ जोनको स्थापना र राज्यद्वारा प्रदान गरिने जेष्ठ नागरिक भत्तामा नगरपालिकाको सहभागितामा न्युनतम ५ हजार पुर्याउने समेत घोषणा पत्रमा उल्लेख गरिएको छ ।
नेकपा एमालेले मेचिनगरको समृद्धिकालागि कृषि र पर्यटन लक्षित कार्यक्रमलाई प्राथामिकतामा राखेको छ । साथै भौतिक विकास र पुर्वाधार निमाृणमा सडक सिञ्जाललाई प्राथामिकतामा राखिएको छ । व्यवसायिक कृषि तथा पशुपालनमा यान्त्रिकीकरणकालागि अनुदान , सिँचाइ मलखाद र बिउबिजनमा सहजीकरण र अनुदान , कृषि तथा फलफुल उपजकालागि कोल्डस्टोरको स्थापना , साना किसान र सहकारी क्षेत्रको सहभागितामा चिया कारखाना स्थापना , बाहुनडाँगी क्षेत्रमा एकीकृत बहुउद्देश्य पर्यटन परियोजना सञ्चालन गरिने घोषणा पात्रमा उल्लेख गरिएको छ । यस्तै काँकरभिट्टा प्रवेशद्धारलाई गौतम बुद्धको आकर्षक प्रतिमा सहितको अन्तराष्ट्रिय प्रवेशद्धार बनाउने , जातीय संस्कृतिमा आधारीत सङ्ग्रहालयको स्थापना , प्रत्येक वाडमा अपांग मैत्री भवन , दमकल , एम्बुलेन्स र शव वाहान सेवा सञ्चालन साथै प्रत्येक वडामा सामुदायिक भवनको निर्माण गरिने पनि घोषणा पत्रमा उल्लेख गरिएको छ । मेचिनगरका १५ बटा वडामा ज्येष्ठ नागरिक एवमं वालमैत्री पार्कको निर्माण , धुलाबारीमा नगर स्तरीय सभागृह , प्रदशनी कक्ष एवं नाट्यशालाको निर्माण , काँकरभिट्टा , इँटाभट्टा , धुलाबारी , धाइजन र चारआलीमा आकासे पुल निर्माण र नगर स्तरीय लागु पदार्य दुव्र्यसनी पुनः स्थापना केन्द्र स्थापना गर्ने घोषण पत्रमा उल्लेख गरिएको छ । यस्तै जेष्ठ नागरिक भत्ता ५ हजार साथै अपाङ्ग र एकल महिला भत्तालाई सम्मानजनक वृद्धि गरिने पनि घोषणा पत्रमा उल्लेख गरिएको छ । एमालेले घोषणा पत्रमा किसानलाई पेन्सनको व्यवस्था , विपन्न वर्गलाई रासन कार्डको व्यवस्था , निशुल्क आधारभुत स्वास्थ परिक्षण कार्यक्रम , प्रत्येक परिवारमा स्वास्थ विमा कार्यक्रम , विपन्न महिलालाई सुत्केरी भत्ता २ हजार , नगर क्षेत्रमा प्रावाधिक शिक्षालय स्थापना गर्ने कुरालाई समावेश गरेको छ । यस्तै नगरमा सहज रुपमा  खानेपानीको व्यस्था ,सहज पार्किङ्गको व्यस्था , घर घरमा इन्टरनेटको व्यवस्था , ठाँउ ठाँउमा निशुल्क वाइफाइ, घरबाटै विजुली , टेलीफोन र खानेपानीको महसुल रकम संकलन , कवर्डहल सहितको नगर स्तरीय रंगशाला , खेलाडीहरुलाई मासिक भत्ताको व्यवस्था , सडक तथा नदी किनाराको दुवै तर्फ सावर्जनीक जग्गामा वृक्षरोपण लगायतका विषयहरु घोषणा पत्रमा समावेश गरेको छ ।
मेचिनगरको तर्फबाट तयार गरिएको स्थानीय घोषणा पत्र सार्वजनीक कार्यक्रममा बोल्दै जिल्ला सचिवालय सदस्य गोपाल बुढाथोकीले एमालेले सार्वजनीक गरेको स्थानीय घोषणा पत्र पार्टीको संकल्प पत्र समेत भएको बताउनु भयो । पत्रकारको जिज्ञासामा नगरको नेतृत्व एमालेले गर्न पाएको अवस्थामा घोषणा पत्रमा उल्लेखीत कुरा पुरा गरेर देखाउने समेत प्रतिबद्धता बुथाथोकीले ब्यक्त गर्नु भयो । मेची उद्योग वाणिज्य संघको सभाहल धुलाबारीमा आज भएको स्थानीय घोषणा पत्रको सार्वजनीक कार्यक्रममा एमालेका १ नम्वर प्रदेश कमिटि सदस्य बिष्णु प्रसाई र एमाले जिल्ला सचिवालय सदस्य गोपाल बुढाथोकीले संयुक्त रुपमा सार्वनीक गर्नु भएको थियो ।
निर्वाचन परिचालन कमिटि मेचिनगरका संयोजक रामचन्द्र उप्रतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमालेका नेता कार्यकर्ताको बाक्लो उपस्थीति रहेको थियो । बामपन्थी आन्दोलनका योद्धा दुर्गा अधिकारीको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रमको सञ्चालन र घोषणा पत्रको बाचन घोषणा पत्र तयारी कमिटि संयोजक तथा निर्वाचन परिचालन कमिटि सदस्य लक्ष्मी उप्रतीले गर्नु भएको थियो ।
 


यसमा तपाईको मत