|

समाचार

नयाँ प्रधानमन्त्री चयन अब मङ्गलबार मात्रै

नयाँ प्रधानमन्त्री चयन अब मङ्गलबार मात्रै
काठमाडाँै, जेठ २१ ।
दलहरुबीच सहमति हुन नसकेपछि प्रधानमन्त्री चयनको प्रक्रियामा ढिलाई भएको छ ।
 
नेकपा एमालेले चितवनको भरतपुरमा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयको बिरोध गर्दैै संसद अगाडि बढ्न नदिने अडान लिएपछि संसद बैठक पर्सिसम्मका लागि स्थिगित भएको हो ।
 
आजको व्यवस्थापिका–संसद बैठक  जेठ २३ गते सम्मका लागि स्थिगित भएको छ ।  
 
यो बीचमा राजनीतिक दलहरुबीच सहमतिको प्रयास गर्ने नेताहरुले बताएका छन् ।
 


यसमा तपाईको मत