|

समाचार

भद्रपुरमा करेन्ट लागेर १ महिलाको मृत्यु

भद्रपुरमा करेन्ट लागेर १ महिलाको मृत्यु
भद्रपुर, जेठ २१ ।
झापाको भद्रपुर नगरपालिका–२ मा धोएको कपडा सुकाउने क्रममा करेन्ट लाग्दा एक महिलाको गएराति मृत्यु भएको छ ।
 
मृत्यु हुनेमा विशालपुर २२ नम्बर टोल निवासी ४७ वर्षीया कुसुम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
 
प्रहरीका अनुसार लुगा सुकाउँदा बिजुलीको तारमा छोएकाले उनलाई करेन्ट लागेको र उनको घटनास्थलमा नै मृत्यु भएको हो । 
 


यसमा तपाईको मत