|

समाचार

बुधबारे चोकमा ट्रिपरले स्कुटीलाई ठक्कर दिदा १ बालकको मृत्यु

बुधबारे चोकमा ट्रिपरले स्कुटीलाई ठक्कर दिदा १ बालकको मृत्यु
बुधबारे, जेठ २१ ।
झापाको बुद्धशान्ति गाउँपालिका ३ स्थित बुधबारे चोकमा ट्रिपरले स्कुटीलाई ठक्कर दिदा १ बालकको मृत्यु भएको छ ।
 
आज बिहान ९ बजे मे १ ख ११५४ नम्बरको ट्रिपरले मे ८ प ८९७२ नम्बरको स्कुटीलाई ठक्कर दिदाँ स्कुटिमा सवार बुद्धशान्ति–१ का ४ बर्षिय बालक रुपन खतिवडाको उपचारको क्रममा बिण्ड सी अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख खेमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
 
ट्रिपर चालक प्रहरीको नियन्त्रणमा रहेको छ । घट्नाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
 


यसमा तपाईको मत