|

समाचार

यसबर्षको सासंक पुरस्कार हिम्मत नेम्बाङ्ग र दधिराज सुवेदीलाई

यसबर्षको सासंक पुरस्कार हिम्मत नेम्बाङ्ग र दधिराज सुवेदीलाई
धुलाबारी, जेठ २० 
यसबर्षको सासंक पुरस्कारबाट हिम्मत नेम्बाङ्ग र दधिराज सुवेदीलाई सम्मानीत गरिएको छ । सासंक प्रतिष्ठानको २७ औँ स्थापना दिवसको अवसर पारेर आज धुलाबारी स्थित मेची उद्योग वाणिज्य संघको सभाहलमा आयोजित १ कार्यक्रमका बीच नेम्बाङ्ग र सुवेदीलाई सम्मान गरिएको छ । कला तर्फ सम्मानीत हुनुभएका कनकाई नगरपालिका निवासी हिम्मत नेम्बाङ्ग एक मुर्तिकार हुनुहुन्छ । उहा मोफसलको प्रसिद्ध मुर्तिकारको रुपमा पनि परिचित हुनुहुन्छ । यसैगरी साहित्य संस्कृति तर्फ सम्मानीत हुनुभएका सुवेदी पनि विगत लामो समय देखी नेपाली साहित्य जगतमा सक्रिय हुनुहुन्छ । उहा विराटनगर निवासी हुनुहुन्छ ।
 
विगतमा बर्षेनी २ दुई बर्षमा सो पुरस्कार दिईदै आएकोमा केही समय प्रतिष्ठान नै निष्क्रिय रहेका कारण सो पुरस्कार कसैलाई पनि प्रदान गरिएको थिएन । केही समयको अन्तराल पछि आज नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा कार्यक्रमका प्रमुख अतिथि विष्णु विभु घिमिरेले २५ हजार राशिको सो पुरस्कार नेम्बाङ्ग र सुवेदीलाई प्रदान गर्नुभएको हो । प्रदेश नम्बर १ बाट बरिष्ठ पत्रकार चन्द्र भण्डारीको संयोजकत्वमा रहेको ३ सदस्यीय छनोट समितिले सुवेदी र नेम्बाङ्गलाई छनोट गरेको थियो । घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बरिष्ठ साहित्यकार चुडामणी रेग्मी, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य यज्ञराज प्रसाई, साहित्यकार कृष्ण धाराबासी लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम कै बीच साहित्यकार तेजराख खतिवडा (तेराख) द्वारा लिखित उपन्यास अवस्थलको समेत विमोचन गरियो ।
 
मय विदामा आधारित सो उपन्यास कार्यक्रमका प्रमुख अतिथि घिमिरेले विमोचन गर्नुभएको थियो । कार्यक्रममा विभिन्न साहित्यिक व्यक्ती, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, पत्रकार लगायतको उपस्थिती रहेको थियो । प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडाको सभापतित्वमा समपन्न सो कार्यक्रमको सञ्चालन शिरोसान्दाईले गर्नुभएको थियो । 
 


यसमा तपाईको मत