|

समाचार

बि एण्ड सिलाई सम्बन्धन दिने सरकारको निर्णय

बि एण्ड सिलाई सम्बन्धन दिने सरकारको निर्णय
झापा, जेठ १९ ।।
झापाको बि एण्ड सि अस्पताललाई मेडिकल कलेज सञ्चालनका लागि सरकारले बाटो खुल्ला गरिदिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बि एण्ड सि मेडिकल कलेजलाई सम्बन्धन दिने सैद्धान्तिक निर्णय गरेको हो । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सरकारले गरेको निर्णय उल्ट्याउँदै पुष्पकमल दाहाल सरकारले सम्बन्धन दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले पटक पटक मन्त्री परिषदको बैठकमा प्रस्ताव लगे पनि स्वास्थ्य मन्त्री गगन थापाले डा। गोबिन्द्र केसीसंगको सम्झौता बिपरित ऐन पारित नगरी कुनै पनि नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने जिकीर गर्दै निर्णय हुन नदिए पछि बुधबारको मन्त्री परिषद बैठकमा स्वास्थ्य मन्त्री थापालाई खबर नै नगरिएको मन्त्री थापाले सामाजिक सञ्जाल ट्वीटर मार्फत असन्तुष्टी जनाउनु भएको छ । मन्त्री थापाको अनुपस्थितिमा बसेको मन्त्री परिषद बैठकले बिर्तामोड स्थीत बि एण्ड सि अस्पताललाई मेडिकल कलेज सञ्चालनका लागि सम्बन्धन दिने निर्णय गरेको छ ।
 डा। केसीसँग सरकारले चिकित्सा शिक्षा विधेयक पारित नगरी नयाँ सम्बन्धन नदिने सम्झौता गरेको थियो। प्रधानमन्त्री दाहालले करिब दुई महिनाअघि डा। केसीलाई प्रधानमन्त्री निवास बालुवाटारमा नै बोलाएर सम्बन्धनका लागि लचिलो बन्न आग्रह गर्नु भएको थियो ।
 


यसमा तपाईको मत