|

समाचार

काँग्रेसले मेचीनगरको प्रमुख पदको उम्मेद्वार छान्यो, शर्मा र सिटौलाका भिन्ना भिन्नै नाम

काँग्रेसले मेचीनगरको प्रमुख पदको उम्मेद्वार छान्यो, शर्मा र सिटौलाका भिन्ना भिन्नै नाम
 
ज्ञानेन्द्र निरौला
२०७४ जेठ १७ बुधबार
 
धुलाबारी ।।
नेपाली काँग्रेसले मेचीनगर नगरपालिकाको प्रमुख पदमा काकरभिट्टाका बिमल आचार्यलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । उम्मेद्वार छनौटका लागि आज बसेको काँग्रेस केन्द्रीय समितिको बैठकले मेचीनगरको प्रमुखका लागि आचार्यलाई उम्मेद्वार बनाउने निर्णय गरेको उम्मेद्वार छनौटमा सहभागि काँग्रेस केन्द्रीय सदस्य बिश्वप्रकाश शर्माले  रेडियो सरगमलाई  जानकारी दिनु भयो । त्यस्तै मेचीनगरको उपप्रमुखमा धुलाबारीकी दुर्गा खतिवडालाई उम्मेद्वार बनाउने निर्णय भएको शर्माले जानकारी दिनु भयो ।  त्यस्तै कन्काई नगरपालिकाको प्रमुखमा एकराज उप्रेती, अर्जुनधारा नगरपालिकाको प्रमुखमा खेमराज खरेललाई उम्मेद्वार बनाउने निर्णय भएको काँग्रेस केन्द्रीय सदस्य शर्माले जानकारी दिनु भयो । त्यस्तै बुछशान्ति गाउँपालिकाको अध्यक्षमा रमेश भुजेललाई उम्मेद्वार बनाउने तय भएको छ भने उपाध्यक्षमा चन्द्रकला भट्टराईलाई उम्मेद्वार चयन गरेको छ ।
 
बाह्रदशी गाउँपालिकाको उम्मेद्वार छनौटमा तिब्र बिबाद देखीएको छ । काँग्रेस नेता कृष्ण सिटौला र केशबकुमार बुढाथोकीले बाह्रदशीको अध्यक्षमा खड्ग राजबंशीलाई प्रस्ताब गरेको र बिश्वप्रकाश शर्माले प्रेम बस्नेतको नाममा अडान राखेपछि निर्णयमा पुग्न नसकेको केन्द्रीय सदस्य शर्माले बताउनु भयो । शर्माका अनुसार बाह्रदशी गाउँपालिकाका साबिक गाबिसहरु चकचकी, राजगढ र डाँगीबारीका तीन वटै गाउँ सभापतिले प्रेम बस्नेतको नाम सिफारिस गरेको हुनाले स्थानीय जनमत अनुसार नै आफुले प्रेम बस्नेतलाई बाह्रदशी गाउँपालिकाको अध्यक्षमा सिफारिस गरेको शर्माले झापा टाईम्सलाई बताउनु भयो । शर्माका अनुसार शिबसताक्षी नगरपालिका सहित झापाका अन्य तहका उपाध्यक्ष र उपप्रमुखका उम्मेद्रवार पार्टी सभापति शेरबहादुर देउवाले निर्णय गर्ने गरी आजको बैठक सम्पन्न भएको छ ,
असार १४ गते हुने स्थानीय निर्वाचनमा मेचीनगरको प्रमुख पदमा काँग्रेसका तर्फबाट आकाक्षी धेरै भएर क्षेत्रिय समितिमा सहमति हुन नसके पछि केन्द्रीय समितिले निर्णय गर्ने गरी काँग्रेस झापाले आकाक्षीको नाम केन्द्र पठाईएको थियो ।
 


यसमा तपाईको मत