|

समाचार

एच.आई.भी एड्स, लागु औषध दुव्र्यसन विरुद्धको सचेतना कर्याक्रम सम्पन्न

भद्रपुर, जेठ १७।
झापाको चन्द्रगढी स्थित विरेन्द्र उच्च माविमा आज एच.आई.भी र एड्स, लागु औषध दुव्र्यसन विरुद्ध, बिद्यालय तथा बाल क्लबमा आधारीत“ सचेतना कार्यक्रम कार्यक्रम सम्पन्न भएको छ ।
 
चन्द्रगढी स्थित विरेन्द्र उच्च माविका कक्ष ८,९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई लक्षीत गरि उक्त कार्यक्रम सम्पन्न भएको हो । स्कुल सम्पर्क कार्यक्रम अन्तर्गत भद्रपुर नगरपालिका, सामुदायीक प्रहरी सेवा केन्द्र चन्द्रगढी र चेतना नेपालको संयुक्त आयोजनामा समपन्न सो कार्यक्रममा १५० जना छात्र छात्राहरुको उपस्थिति रहेको थियो । कार्यक्रम मार्फत एचआईभी एड्स तथा लागु औषध दुव्र्यसनको बारेमा सचेत गराइएको हो ।
 
कार्यक्रममा लागु औषध दुर्व्यसन सम्वन्धि प्रहरी निरीक्षक धन प्रसाद शिवाकोटी , एच् आई भि र एड्स सम्बन्धी मेची अंचल अस्पताल बाल सेवा गृहकी प्रमुख गंगा लिम्बु र सुर्ती जन्य पदार्थको असर र रोकथामका उपायहरुको बारेमा चेतना नेपालका अध्यक्ष एवम् सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीका सचिव ईन्द्र प्रसाद ओलीले सहजीकरण गर्नु भएको थियो ।
 
कार्यक्रम जिल्ला प्रहरी कार्यालय झापाका कार्यालय प्रमुख प्रहरी  उपरिक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रमको विशेष अतिथिमा भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत काजी मान राई रहनुभएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।  
 


यसमा तपाईको मत