|

समाचार

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा मध्यमाञ्चल र पश्चिमाञ्चल भिड्ने

काठमाण्डौ, जेठ १७ ।।
राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज मध्यमाञ्चल र पश्चिमाञ्चल भिड्नेछन् । कीर्तिपुर मैदानमा हुने खेल वर्षाले प्रभावित हुन सक्ने अनुमान गरिएको छ । यसअघिका खेलहरु पनि वर्षाले प्रभावित भएका थिए । हरेक दिन पानी पर्न थालेपछि सहभागी टोलीहरु आफ्नो प्रदर्शनमा भन्दा पनि मौसमको भर पर्न बाध्य देखिएका छन् । कीर्तिपुर मैदानमा हिजो दिनभर जसो पानी परेपछि मध्यपश्चिमाञ्चल विकास क्षेत्र र मध्यमाञ्चल विकास क्षेत्रबीचको खेल बराबरीमा टुंगिएको थियो । यसअघि सोमबार एपीएफ र पश्चिमाञ्चलविचको खेल पनि वर्षाले प्रभावित बनेको थियो । 
 


यसमा तपाईको मत