|

समाचार

काग्रेसले छान्यो झापाका ९ तहमा उम्मेद्वार

काग्रेसले छान्यो  झापाका ९ तहमा उम्मेद्वार

धुलाबारी ।।
दोस्रो चरणको निर्वाचनका लागि नेपाली कांग्रेस झापाले चार नगरपालिका र पाँच गाउँपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवारको टुंगो लगाएको छ। कांग्रेसले झापाका १५ स्थानीय तहमध्ये ९ स्थानीय तहमा आफ्ना उम्मेदवारको टुंगो लगाएको काँग्रेस झापाका सचिब प्रेम सम्बाहाम्फेले झापा टाईम्सलाई बताउनु भयो । उम्मेद्वार छान्न बाँकी रहेका ४ नगरपालिका र २ गाउँपालिकाका लागि क्षेत्रीय समितिमा सहमती जुट्न नसके पछि जिल्ला समिति मार्फत केन्द्रीय समितिमा पठाईएको सचिब सम्बाहाम्फेले बताउनु भयो । उम्मेद्वार टुङ्गो लागिसकेका नगरपालिकाहरमा बिर्तामोड नगरपालिकाका लागि प्रमुखमा जलकुमार गुरुङ, उपप्रमुखमा पार्वता गिरी, दमकको नगरपालिकाको प्रमुखमा ढुण्डीराज भण्डारी र उपप्रमुखमा रेगिना भट्टराई रहेका छन्। यस्तै गौरादहमा रोहितकुमार साह प्रामुख र उपप्रमुखमा सुमित्रा खरेल ढुङ्गेललाई उम्मेदवार बनाइने निर्णय भएको छ भने भद्रपुर नगरपालिकामा क्षेत्रिय समितिले सर्बसम्मत निर्णय गरेका नाममा केही बिबाद देखिएको छ । भद्रपुरमा गणेश पोखरेल प्रमुख र उपप्रमुखमा तारादेवी भुर्तेलको नाम क्षेत्रिय समितिले सर्बसम्मत निर्णय गरेर चुनावी प्रचारमा हिडिरहेको भए पनि महिला नेतृ गोमा भट्टराईले प्रमुखमा दाबी गरिरहनु भएको सचिब सम्बाहाम्फेले बताउनु भयो ।  
 यस्तै गाउँपालिका तर्फ कमल गाउँपालिकाको अध्यक्षमा हुकुमसिंह राई र उपाध्यक्षमा दीपा गौतमलाई चयन गरिएको नेपाली कांग्रेस झापाले बताएको छ। त्यस्तै काँग्रेसले कचनकवल गाउँपालिको अध्यक्षमा कालेन्द्रप्रसाद राजवंशी, उपाध्यक्षमा गीता ओडारी खरेल, हल्दिवारीको अध्यक्षमा दिलीपकुमार मावो, उपाध्यक्षमा चन्द्रकला राईलाई उम्मेदवार बनाउने निर्णय भएको काँग्रेस जिल्ला सचिव सम्बाहाम्फेले बताउनु भयो । यसैगरी गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा फूलवती राजवंशी र उपाध्यक्षमा दीपेन्द्र थापाको उम्मेद्वार  हुने भएका छन । झापा गाउँपालिकाको अध्यक्षमा काँग्रेसले जयनारायण साहलाई उम्मेदवार चयन गरेको भए पनि उपाध्यक्षमा भने टुङ्खो लाग्न नसके पछि केन्द्रीय समितिमा पठाईएको सम्बाहाम्फेले बताउनु भयो । 
नेपाली काँग्रेस झापाले जिल्लाका अधिकाशं वडा स्तरका उम्मेद्वारको नाम आन्तरिक रुपमा टुङ्गो लगाएको भए पनि प्रमुख र उपप्रमुखको नाम छनौट भईसके पछि एकै साथ सार्वजनिक गर्ने सचिब सम्बाहाम्फेले झापा टाईम्सलाई बताउनु भयो । 
उम्मेदवार चयन हुन नसकेका गाउँपालिका र नगरपालिकाको प्रमुख पदका उम्मेदवारको केही दिनभित्रै नाम टुङ्गो लगाइने काँग्रेसले जनाएको छ । उम्मेद्वार चयन हुन नसकेका नगरपालिकाहरुमा मेचीनगर नगरपालिका, अर्जुनधारा नगरपालिका,  यस्तै, कनकाई नगरपालिका,  शिवसतासी नगरपालिका रहेका छन भने बुद्धशान्ति गाउँपालिका र वाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका उम्मेद्वारको टुङ्गो लाग्न नसके पछि क्षेत्रीय समितिले सिफारिस गरेका आकाक्षीका नामहरु केन्द्रीय समितिमा पठाईएको र केही दिन भित्र केन्द्रले निर्णय गरेर पठाउने  सम्बाहाम्फेले बताउनु भयो ।

 



यसमा तपाईको मत