|

समाचार

अमेरिकाद्वारा ब्यालेस्टिक मिसाइल प्रतिरक्षा प्रणालीको सफलतापूर्वक परिक्षण

जेठ १७ ।।
अमेरिकाले ब्यालेस्टिक मिसाइल प्रतिरक्षा प्रणालीको सफलतापूर्वक परीक्षण गरेको छ । अमेरिकाले यस किसिमको मिसाइल प्रतिरक्षा प्रणालीको परीक्षण गरेको पहिलो पटक हो । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले प्रतिरक्षा प्रणालीको परीक्षण योजना पहिलेदेखि नै बनाइएको भए पनि उत्तर कोरियासँगको बढ्दो तनावका बीच गरिएको जनाएको छ । क्यालिफोर्नियास्थित एक सैन्य हवाई अड्डाबाट परीक्षण गरिएको प्रतिरक्षा प्रणालीले प्रशान्त महासागरमाथि पुगेर नक्कली मिसाइललाई नष्ट गरेको थियो ।
एजेन्सी ।।
 
 


यसमा तपाईको मत