|

समाचार

मेचीनगर काँग्रेस चुनावको तयारीमा

मेचीनगर काँग्रेस चुनावको तयारीमा
धुलाबारी, जेठ १६ ।।
नेपाली काँग्रेस मेचीनगरले चुनावी तयारी शुरु गरेको छ । आगामी असार ९ गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न समितिहरु गठन गरेर काँग्रेस मेचीनगरले तयारी शुरु गरेको काँग्रेस मेचीनगर सभापति ईन्द्रबहादुर बुढाथोकीले जानकारी दिनु भयो । 
काँग्रेसको हिजो सम्पन्न नगर भेलाले नगर सभापति बुढाकोकीको संयोजकत्वमा ३७ सय ७७ सदस्यीय मुल प्रचार प्रसार समिति गठन गरेको छ । त्यस्तै क्षेत्रिय सभापति मणिकुमार उप्रेतीको संयोजकत्वमा निर्वाचन परिचालन समिति, महाधिवेशन प्रतिनिधि बिजय डालिमियाको संयोजकत्वमा आर्थिक परिचालन समिति गठन गरिएको काँग्रेस जिल्ला सदस्य पुष्पराज पौडेलले जानकारी दिनु भयो ।
काँग्रेसको भेलाले जिल्ला सदस्य पुष्पराज पौड्ेलको संयोजकत्वमा सचीवालय समिति, तेजप्रसाद चौलागाईको संयोजकत्वमा प्रचार सामाग्री ब्यवस्थापन समिति,सुरेन्द्र बुढाथोकीको संयोजकत्वमा प्रचार सामाग्री छपाई समिति गठन गरेको छ । त्यस्तै गोपाल बस्नेतको संयोजकत्वमा सामाजिक सञ्जाल समिति, होमराज ढकालको संयोजकत्वमा बौद्धिक परामर्श समिति गठन गरेको जिल्ला सदस्य पौडेलले जानकारी दिनु भयो । 
अनुगमन समितिको संयोजकमा जिल्ला उपसभापति राम कट्टेल, गाउँ नगर समन्वय समिति संयोजकमा जिल्ला सचिव प्रेम सम्बाहाम्फे, संघ संस्थाा समन्वय समितिको संयोजकमा महाधिवेशन प्रतिनिधि टेकबहादुर लिम्बु र निर्वाचन र कानूनी सहयोग समितिको संयोजकमा महासमिति सदस्य अशोक कुमार पोख्रेललाई चयन गरिएको काँग्रेस मेचीनगरले जनाएको छ । 
 


यसमा तपाईको मत