|

समाचार

चुनाव सर्यो, अब असार ९ मा चुनाव हुने

काठमाण्डौ ।।
आसन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचन आगामी असार ९ गतेका लागि सरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन असार ९ गते सार्ने निर्णय गरेको हो । हिजो साँझ बालुवाटारमा बसेको प्रमुख दलहरुका शीर्ष नेताहरुको बैठकमा राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउन चुनावको मिति केही दिन सार्ने समझदारी भएको थियो । लगतै प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेर नयाँ मिति प्रस्ताव गर्नुभएको हो । यसले उम्मेदवारी दर्ता लगायतका सबै प्रक्रिया हेरफेर हुने देखिएको छ । 

चुनावको मिति सरेसंगै राजपाका नेताहरुले चुनावमा आउने संकेत गरेका छन् ।  बैठकमा सहभागि एक मन्त्रीले निर्वाचन सरेको र निर्वाचनको कार्यतालिका हेरफेर हुने बताउनु भयो । राष्ट्रिय जनता पार्टी नेपाल चुनावमा आउने ग्यारेन्टी भने अझै भइनसकेको बताउँदै वहाँले भन्नु भयो , ‘यो सुविधा दिइएको हो । आउने नआउने पक्का भएको छैन ।’ प्रमुख प्रतिपक्षी एमालेसँग भने पहिले नै परामर्श गरेर मिति सारिएको हो । 


 



यसमा तपाईको मत