|

समाचार

झापाका सबै तहमा निर्वाचन अधिकृतको कार्यालय खुल्यो

झापाका सबै तहमा निर्वाचन अधिकृतको कार्यालय खुल्यो

 धुलाबारी, जेठ १५ ।।

दोस्रो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि आज झापा सहित प्रदेश नं. १,२,४ र ७ का ४१८ तहमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ । झापाका १५ मध्ये मुख्य निर्वाचन अधिकृतको कार्यालय जेठ ६ गते सञ्चालनमा आएको थियो भने बाँकी १४ वटा तहका निर्वाचन अधिकृतको कार्यालय आजदेखी सञ्चालनमा आएको छ । 
मेचीनगर नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालय पनि आजदेखी सञ्चालनमा आएको छ । आज बिहान ११ बजे निर्वाचन अधिकृत ईन्दीरा शर्माले नगरपालिका कार्यालय परिषरमा नै कार्यालय शुरु भएको शर्माले बताउनु भयो । शर्माले भन्नु भयो तत्कालका लागि नगरपालिका कार्यालयको एउटा कोठामा निर्वाचनको काम गर्ने गरी कार्यालय सञ्चालन गरेका छौं, आवश्यकता अनुसार बाँकी कोठा पनि प्रयोगमा ल्याउने छौं । शर्माका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा ८ जना कार्मचारीको ब्यवस्था छ । निर्वाचन अधिकृत , सहायक निर्वाचन अधिकृत, लेखापाल, कम्युटर अपरेटर, नायब सुब्बा, सहयोगी दुई जना र एक जना ड्राईभरको समेत ब्यवस्था निर्वाचन अधिकृतको कार्यालयमा रहेको सहायक निर्वाचन अधिकृत राकेशमणी उपाध्यायले जानकारी दिनु भयो । 
झापाका १५ स्थानीय तह मध्ये मेचीनगर जनसंख्याका दृष्टिले सबैभन्दा ठुलो स्थानिय तह हो । मेचीनगरमा झापा कै सबै भन्दा धेरै १५ वटा वडा र ७२ हजार ७ सय ९४ मतदाता रहेका छन ।  
 


यसमा तपाईको मत