|

समाचार

निर्वाचन अधिकृतको कार्यालय आज खुल्ने

धुलाबारी, जेठ १५ ।।
दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि आज निर्वाचन अधिकृतको कार्यालय खुल्दै छन । दोस्रो चरणमा प्रदेश नं. १,२,४ र ७ का ४१ जिल्लाका ४६१ स्थानीय तह मध्ये जेठ ६ गते ४३ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय खुलिसकेको छ । आज ४१८ वटा तहका निर्वाचन अधिकृतको कार्यालय सञ्चालन हुने निर्वाचन आयोगका प्रबक्ता सुर्यप्रसाद शर्माले रेडियो सरगमलाई जानकारी दिनु भयो । दलहरु बिच निर्वाचन सार्ने गरी गए राती सहमति भएको भनिए पनि त्यसबारे निर्वाचन आयोग भने बेखबर छ । आयोग प्रबक्ता शर्माले निर्वाचन सार्ने बारे कुनै जानकारी नभको र आयोग जेठ ३१ कै मितिमा निर्र्वाचन गराउने कार्य तालिका अनुसार अगाडी बढेको बताउनु भयो । 
 


यसमा तपाईको मत