|

समाचार

जेठ ३१ मै चुनाव हुन्छ : निर्वाचन आयोग

जेठ ३१ मै चुनाव हुन्छ : निर्वाचन आयोग
काठमाण्डौ, जेठ १३ ।।
निर्वाचन आयोगले दोस्रो चरणका लागि तय भएको चुनाव कुनै पनि हालतमा नरोकिने जनाएको छ । तराई केन्द्रित कतिपय दलले निर्वाचन बिथाल्ने गरि आन्दोलनका कार्यक्रम घोषणा गरेका बेला निर्वाचन आयोगले जस्तोसुकै परिस्थितीमा चुनाव हुने जनाएको हो । आयोगका सचिब गोपीनाथ मैनालीले चुनावका लागि जेठ ३१ गतेको विकल्प नभएको सीआईएनलाई बताउनुभयो । ७ सय ४४ स्थानीय तह मध्य पहिलो चरणमा दूई सय ८३ स्थानमा निर्वाचन भएको छ । बाँकी ४ सय ६१ स्थानीय तहको निर्वाचन जेठ ३१ ग्तेको लागि तोकिएको छ । आयोगले सरकारले निर्वाचनका लागि शान्ती सुरक्षाको वातावरण बनाउनेमा आयोग विश्वस्त छ । सचिब मैनालीले कतिपय स्थानीय तहमा तेस्रो चरणमा निर्वाच गरिने कुरा हल्ला मात्र भएको बताउनुभयो । उहाँले तोकिएको मितिमा दोस्रो चरणको निर्वाचन गर्न सम्पूर्ण तयारी भईरहेको जानकारी समेत दिनुभयो । 


यसमा तपाईको मत