|

समाचार

झापामा नै पहिलो पटक डायबेटिक रेटिनोपेथिक शिविर

झापामा नै पहिलो पटक डायबेटिक रेटिनोपेथिक शिविर
बिर्तामोड ११ : झापामा नै पहिलो पटक भोली शुक्रबार डायबेटिक रेटिनोपेथिक शिविर आयोजना हुने भएको छ । मेची आँखा अस्पतालको आयोजनामा बिर्तामोड स्थीत अग्रसेन भवनमा उक्त शिविर सञ्चालन हुने आज आयोजित पत्रकार सम्मेलनमा अस्पतालका मेडिकल डाइरेक्टर डा.पुरुषोत्तम जोशीले जानकारी दिनु भयो । मधुमेय अर्थात डायबिटिज रोगका कारण आँखामा हुन सक्ने समस्याका बारेमा जनचेतना तथा उपचार गराउने उद्धेश्यले यो शिविर अयोजना गरिएको पत्रकार सम्मेलनमा डा जोशीले बताउनु भयो । मेची आँखा अस्पतालमा आँखा जाँच गराउन आउने बिरामी मध्ये १७ देखी १८ प्रतिशत बिरामी मधुमेय रोग लागेका मानिस आउने भएकाले पनि यसका बारेमा जनचेताना फैलाउन जरुरी रहेको डा जोशीले बताउनु भयो ।
 
 
पत्रकार सम्मेलनमा आँखा अस्पतालका कार्यकारी निर्देशक सुरज रौनियारले भोली हुने शिविरमा २० रुपिया तिरे पछि मधुमेयका कारण आखाँमा लागेको रोगको उपचारका लागी थप शुल्क तिर्नु नपर्ने पत्रकार सम्मेलनमा जानकारी दिनु भयो । ३०० बिरामीको जाँच गर्ने अनुमान गरिएको भोलीको शिविरमा समस्या देखिएका बिरामीलाई मेची आँखा अस्पतालले निशुल्क उपचार सेवा दिने अस्पतालका प्राविधिक मेमलाल राजबंशीले बताउनु भयो ।
 
 
बिद्यालय भर्ना हुनु भन्दा अघि सबै वालवालिकाको आँखा परिक्षण गराउनु पर्ने डा जोशीले बताउनु भयो । ५ बर्ष मुनिका वालवालिकामा आँखाको दृष्टिमा कुनै समस्या देखिए पुर्ण रुपमा निको बनाउन सकिने तर ७ बर्ष माथि पुगे पछि देखिएको आँखाको समस्यामा पूर्ण रुपमा निको हुन धेरै समस्या पर्ने भएकाले आँखाको नियमित जाँच गराउनु पर्ने डा जोशीले पत्रकार सम्मेलनमा बताउनु भयो । डा जोशीका अनुसार मधुमेयका बिरामीले कम्तीमा ३ महिनामा एक पटक र समान्य अवस्थाका मानिसले बर्षमा एक पटक आँखा जाँच गराउनु पर्ने बताउनु भयो । मधुमेयका कारण आखाँमा थाहै नपाई दृष्टि कम हुदैं जाने भएकाले आँखा निक्कै कमजोर भए पछि मात्रै थाहा हुने भएकाले पनि नियमित आँखा जाँच गराउनु पर्ने डा जोशीले बताउनु भयो ।
 


यसमा तपाईको मत