|

समाचार

मेचीनगरमा माओवादीको समावेशी उम्मेद्वार

मेचीनगरमा माओवादीको समावेशी उम्मेद्वार
धुलावारी । 
जेठ ३१ को स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले मेचीनगर नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य पदका उम्मेद््वारहरुको नाम घोषणा गरेको छ ।
 
धुलावारीमा बुधवार आयोजित कार्यव्रmमकाबीच उम्मेद्वारको नाम सार्वजनिक गरिएको हो । पार्टीले यसअघि नै मेचीनगरको प्रमुखसहित १५ वटै वडाका उम्मेद्वारहरुको नाम टुङ्गो लगाएको थियो । यद्यपि केही उम्मेद्वारको नाम फेरबदल गरेर औपचारिक रुपमा त्यसलाई अन्तिम रुप दिइएको छ ।
 
माओवादीले मेचीनगरको प्रमुखमा हंशलाल राजवंशी र उपप्रमुखमा इन्दिरा कार्कीलाई उम्मेद्वार बनाएर चुनावी मैदानमा उतारेको छ । सबै वडामा समावेशीरुपमा उम्मेद्वार चयन गरी चुनावमा होमिएको निर्वाचन परिचालन समितिका नगर संयोजक प्रकाश भण्डारीले बताउनु भयो ।
 
भण्डारीले मेचीनगरमा आफूहरुको जित सुनिश्चित रहेको दाबी गर्नु भयो । निर्वाचन आचारसंहिताभित्र रहेर आफ्ना गतिविधिहरु सञ्चालन गर्न उम्मेद्वारहरुलाई भण्डारीले निर्देशन समेत दिनु भयो ।
 
घोषणासभा कार्यव्रmमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य तथा १ नं. प्रदेशका संयोजक सावित्रीकुमार काफ्लेले पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्न गराउनु नै माओवादीको ठूलो उपलब्धी भएको टिप्पणी गर्नु भयो ।
 
वहाले पश्चिममाभन्दा पूर्वतिर सोचेभन्दा अधिक परिणाम माओवादीले ल्याउने दाबीसमेत गर्नु भयो । ‘यतिखेर माओवादी पक्षमा जनलहर नै चलेको छ’, वहाले भन्नु भयो–‘त्यही भएर हामीले जनमत प्राप्त गर्न सकेका छौँ र सक्छौँ ।’
 
कार्यव्रmममा माओवादी झापाका इञ्चार्ज झलकसिंह दर्लामीले साङ्गठानिक रुपमा पार्टी बलियो भएकाले पनि जित्न कठिन नहुने बताउनु भयो । दर्लामीले झापाका सबै नगर तथा गाउँपालिकामा उम्मेद्वार घोषणासमेत गरेर अरु पार्टीभन्दा पहिलो भएको बताउनु भयो ।
 
पार्टीका केन्द्रीय सल्लाहकार मुकुलचन्द राजवंशीले समेत बोलेको कार्यव्रmममा मेचीनगरका प्रमुख तथा उपप्रमुखका उम्मेद्वार व्रmमशः हंशलाल राजवंशी र इन्दिरा कार्कीले प्रतिबद्धता मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यव्रmमको सञ्चालन पार्टीका मेचीनगर संयोजक माधव अर्यालले गर्नु भएको थियो ।  


यसमा तपाईको मत