|

समाचार

झापाका अधिकांश तहमा एमालेका उम्मेद्वार चयन

झापाका अधिकांश तहमा एमालेका उम्मेद्वार चयन
धुलाबारी, ११जेठ ।
जेठ ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले झापाका अधिकांश नगरपालिका तथा गाउँपालिकाको प्रमुख तथा उपप्रमुख पदका उम्मेद्वारहरु चयन गरेको छ । सुनसरीको इटहरीमा बसेको नेकपा एमालेको प्रदेश कमिटीको बैठकले झापाका १० वटा नगरपालिका र ५ वटा गाउँपालिका मध्ये ६ वटा नगरपालिका र ३ वटा गाउँपालिकाको उम्मेद्वार चयन गरेको नेकपा एमाले झापाका प्रचार विभाग प्रमुख माधव विद्रोहीले बताउनु भयो ।
 
दमक नगरपालिकाको प्रमुखमा रोमनाथ ओली, भद्रपुर नगरपालिकाको प्रमुखमा जीवनकुमार श्रेष्ठ र उपप्रमुखमा चन्द्रा श्रेष्ठ, बुद्धशान्ति नगरपालिको प्रमुखमा चिन्तन पाठक र उपप्रमुखमा मिरा भूर्तेल, अर्जुनधारा नगरपालिकाको प्रमुखमा हरि राना, उपप्रमुखमा कमला आचार्य, कमल नगरपालिकाको प्रमुखमा मेनुका काफ्ले उपप्रमुखमा बेणु शिवाकोटी, गौरादहको प्रमुखमा मदन अधिकारीलाई चयन गरिएको विद्रोहीले बताउनु भयो ।
 
त्यसैगरी, केचनाकवल गाउँपालिकाको अध्यक्षमा शेरबहादुर खत्री र उपाध्यक्षमा धनमाया दाहाल, झापा गाउँपालिकाको अध्यक्षमा गजेन्द्र ताम्ली (लिम्बू) र उपाध्यक्षमा कुन्तीदेवी बुढाथोकी र बाह्रदशी गाउँ पालिकाको अध्यक्षमा लक्ष्मण पाठक र उपाध्यक्षमा गंगा धमलालाई चयन गरिएको प्रचार विभाग प्रमुख विद्रोहीले जानकारी दिनु भयो ।
 
नेकपा एमाले एक नम्बर प्रदेश कमिटीले झापाको मेचीनगर, विर्तामोड, कन्काई, शिवसताक्षी नगरपालिका र गौरीगञ्ज तथा हल्दिवारी गाउँपालिकाको उमेदवार टुङ्गो लगाउने जिम्मा प्रदेश सचिवालय समितिलाई  दिईएको र केही दिनपछि भित्र बाँकी रहेका तहमा समेत उमेद्वार तय गरिने नेकपा एमालेले जनाएको छ ।
 


यसमा तपाईको मत