|

समाचार

यी हुन काँग्रेसका मेचीनगरका वडा अध्यक्षका उमेद्वार

धुलाबारी  जेठ ९

नेपाली काँग्रेसले झापा मेचीनगर नगरपालिकाका सबै १५ वडाका वडा अध्यक्ष पद उमेद्वार तय गरेको छ । काँग्रेस क्षेत्रिय पदाधिकारी र सांसद द्वय नरेन्द्र बिक्रम नेम्वाङ्ग र उषा गुरुङ सहितको पार्टी कार्यालय धुलाबारीमा बसेको बैठकले मेचीनगरका वडा अध्यक्षहरुको टुङ्गो लगाएको काँग्रेस स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार वडा नं. १ मा कृष्ण सुवेदी, वडा नं. २ हिम्मत क्षेत्री, वडा नं. ३ खड्गबहादुर धिमाललाई चयन गरेको छ । त्यसैगरी वडा नं. ४ मा नविन बराल, वडा नं. ५ मा हरि बुढाथोकी, वडा नं. ६ हर्क फ्याक र वडा नं. ७ रुपसागर अधिकारीलाई वडा अध्यक्षको उमेद्वार बनाउने निर्णय भएको काँग्रेसका एक नेताले बताउनु भयो । त्यसैगरी वडा नं. ८ मा गिरीराज धमला, वडा नं. ९ मा गोपाल खड्का, वडा नं. १० मा सुदय पनेरु, वडा नं. ११ मा हरि कार्कीलाई उमेद्वार चयन गरेको छ । त्यस्तै वडा नं. १२ मा लाल बहादुर चौहान, वडा नं. १३ मा पुष्प कार्की, वडा नं. १४ मा गोपी मैनाली र वडा नं. १५ मा राजन भट्टराईलाई वडा अध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको काँग्रेस स्रोतले जानकारी दिएको छ ।



 



यसमा तपाईको मत