|

समाचार

फाइनलमा मुम्वई र पुणेको भेट पक्का

फाइनलमा मुम्वई र पुणेको भेट पक्का

झापा : दशौ संस्करणको  इन्डियन प्रिमियर लिंग आईपिएल प्रतियोगिताको फाइनल समिकरण पुरा भएको छ । 


फाइनलमा मुम्वई इन्डियन्स र राईजिङ्ग पुणे सुपरजाइन्ट्स भिड्ने भएका छन् । प्रतियोगिता अन्तर्गत शुक्रबार राती वैग्लोरमा भएको खेलमा कोलकत्ता नाईट राईड्सलाई ६ विकेटले हराउदै मुम्वईले फाइनलमा स्थान सुरक्षित गरेको हो । 


शुक्रबार राति भएको खेलमा टस जितेर पहिले बलिङ्ग रोजेको मुम्वईले कोलकत्तालाई १८.५ ओभरमा १०७ रनमा रोकेको थियो ।आईपिएल इतिहासमै सेमिफाइनलमा कुनै पनि टिमले बनाएको सवैभन्दा कम रन हो ।  कोलकत्तालाई कम रनमा समेट्न मुम्वईका कर्न शर्माले ४ ओभरमा १६ रन खर्चिएर ४ विकेट लिएका थिए । यस्तै जस्प्रीत भुमराहले ३ विकेट , मिचेल जोनसोनले २ तथा लासिथ मालिंगाले १ विकेट लिएका थिए । 


कोलकत्ताकालागि  सुर्यकुमार यादवले ३१ रन र इशान जग्गीले २८ रन कप्तान गौतम गाम्भिरले १२ तथा ओपनर सुनिल नारायनले १० रन जोडेका थिए । अन्य वाट्सम्यानले दोहोर अंकमा रन बनाउन सकेनन् । पावर प्लेको दोश्रो ओभरमा क्रिस लिनको विकेट गुमाएको कोलकत्ताले लगातार सुनिल नारायण , रोवीन उथ्थपालाई पावर प्लेन भित्र गुमाएको थियो । टिमको स्कोर ३१ रन हुदा कप्तानलाई गुमाएको कोलकत्ताकालागि सुर्य कुमार यादव र इशान जग्गीले टिमलाई अगि बढाएका थिए । 


जवाफमा १०८ रनको लक्ष्य लिएर मैदान उत्रिएको मुम्वईको शुरुवात उत्कृष्ण हुन सकेन । ११ रन जोड्दा पहिलो विकेट स्वरुप लेन्डन साइमोन्सलाई गुमाएको मुम्वईले त्यसपश्चात् २४ रनको हुदा २.५ ओभरमा उमेश यादवको वलमा पार्थिव पटेल पनि रविन उथप्पाबाट समातिएका थिए । ६ रनको व्यक्तिगत स्कोरमा अम्वाती राईडु पनि आउट भएपछि मैदानमा आएका क्रुनाल पाण्डेया र कप्तान रोहित शर्माको साझेदारी मुम्वईलाई खेल जिताउन पर्याप्त बन्यो । कुल्टर नाइलको बलमा पुल सटमा आउट हुनु पुर्व कप्तान शर्माले टिमाकालागि २६ रन बनाएका थिए । यस्तै अविजित रहेका क्रुनाल पाण्डेयाले ४५ रन र काइरन पोर्लाडले नटआउट ९ रन जोडेका थिए । 


प्रतियोगित अन्तर्गत ७ गते हैदारावादमा हुने खेलमा मुम्वई इन्डियन्सले राईजिङ्ग पुणे सुपरजाइन्ट्सको सामना गर्ने छ । मुम्वईले यसअधि २ पटक आइपिएलको फाइनल जितेको छ भने पुणे पहिलो चोटि फाइनल पुगेको हो । 
 



 



यसमा तपाईको मत