|

समाचार

सामाजिक परिचालनसम्बन्धी अन्तरक्रिया सम्पन्न

सामाजिक परिचालनसम्बन्धी अन्तरक्रिया सम्पन्न
भद्रपुर , जेठ ५। जिल्ला समन्वय समितिको आयोजनामा सामाजिक परिचालन तथा जवाफदेहितासम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।
 
जिसस हलमा स्थानीय विकास अधिकारी खेमराज ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एलजीसीडीपी झापास्थित नगरपालिकाका कार्यकारी अधिकृत, जिल्लामा एलजीसीडीपीअन्तर्गत कार्यक्रम सञ्चालन गरिरहेका गैरसरकारी संस्थाका प्रतिनिधि एवम् सामाजिक परिचालन कार्यक्रम संयोजक, सामाजिक परिचालन जिल्ला समन्वय समितिका सदस्यहरुको सहभागिता थियो ।
 
झापा युनेस्को संघले सहजीकरण गरेको अन्तरक्रियामा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम –एलजीसीडीपी) पूर्वाञ्चल क्षेत्रीय संयोजक प्रणय शर्माले एलजीसीडीपी कार्यक्रमले सेवाप्रदायक निकायहरुलाई सामाजिक उत्तरदायी तुल्याउन महत्वपूर्ण भूमिका खेलेको बताए ।
 
जिसस झापाका सूचना अधिकारी प्रकाशचन्द्र चौधरीले जिससले सञ्चालन गरेका कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए । जिल्ला युनेस्को संघका कार्यक्रम अधिकृत विजय तिम्सिनाले सञ्चालन गरेको अन्तरक्रियामा स्थानीय निकायहरुको कानूनी तथा नीतिगत व्यवस्था पालना अनुगमन सम्बन्धमा यो वर्ष युनेस्को संघले गरेका क्रियाकलाप र त्यसबाट प्राप्त उपलब्धिका सम्बन्धमा चर्चा गरिएको संघका अध्यक्ष हरि गौतमले जानकारी दिए ।
 
अन्तरक्रियामा स्थानीय तहको व्यवस्थापनपछि सामाजिक परिचालन तथा उत्तरदायित्वका कार्यक्रम कस्तो किसिमले ल्याउन सकिन्छ भन्ने सन्दर्भमा पनि छलफल भएको थियो ।
 
यस वर्ष स्थानीय निकायहरुको कानूनी तथा नीतिगत व्यवस्था पालना अनुगमन कार्यक्रम लागू गरिएका स्थानीय निकायहरले सार्वजनिक सुनवाई, सार्वजनिक परीक्षण, सामाजिक परीक्षण, गुनासो सुनवाईका कार्यहरु पालना भएको जिसस सूचना अधिकारी चौधरीले जानकारी दिए ।
 
 

 



यसमा तपाईको मत