|

समाचार

पछिल्लो मत परिणाममा काँग्रेस एमाले टक्कर

पछिल्लो मत परिणाममा काँग्रेस एमाले टक्कर
झापा, जेठ ४ ।।
 
गएको आइतबार भएको स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतपरिणम आउने क्रम जारी रहेको छ । आधा भन्दा बढी ठाउँको मतपरिणम आइसक्दा प्रमुख दुईदल  कांग्रेस र एमालेबीच कडा टक्कर देखिएको छ ।
 
अहिलेसम्म एमाले र कांग्रेसले बराबर स्थानीय तहमा बिजयी भएका छन । माओवादी केन्द्र तेस्रोमा देखिएको छ । बिहान १० बजेसम्म एमालेले ६८ र कांग्रेसले पनि ६८ स्थानमा जित हाँसिल गरेको छ । माओवादी केन्द्रले २९ ठाउँमा प्रमुख जितिकोे छ ।
 
मतगणना भइरहेका चारवटै महानगरपालिकामा ३ वटामा एमाले र एक स्थानमा काँग्रेस अगाडी देखिएको छ । काठमाण्डौ, पोखरा र भरतपुरमा एमाले अगाडी छ भने ललितपुरमा काँग्रेसका प्रमुख पदका उमेद्वार अगाडी रहका छन ।
उपमेयर र उपप्रमुखमा भने एमाले कांग्रेस भन्दा धेरै अगाडी देखिएको छ ।
प्रमुख एमालेले जितेका ठाउँमा पनि उपप्रमुख एमालेले जितेको छ । चौथो ठूलो दल राप्रपाले एक तह, राष्ट्रिय जनमोर्चा र नयाँ शक्तिले एक, एक तहमा आफुलाई सिमित गरेका छन् । स्वतन्त्रले तीन ठाउँमा विजयी हाँसिल गरेको छ ।
 


यसमा तपाईको मत