|

समाचार

दैलेखको डुंगेश्वर गाउँपालिकामा नेपाली कांग्रेस विजयी

२ जेठ, काठमाडौं । दैलेखको डुंगेश्वर गाउँपालिकामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ ।

कांग्रेसका नगेन्द्रबहादुर मल्ल २ हजार ७८७ मतका साथ विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मानबहादुर विष्टले २ हजार ६६९ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै सीता ज्ञवाली २ हजार ६२८ मत प्राप्त गरी विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी कलावती न्यौपाने २ हजार ६१८ मत प्राप्त गरेर पराजित भएकी छन् ।

 

अनलाइनखबरबाट



यसमा तपाईको मत