|

समाचार

चार वटै महानगरमा एमालेको अग्रताः मतगणना निकै सुस्त

चार वटै महानगरमा एमालेको अग्रताः मतगणना निकै सुस्त

 

देशका चार वटै महानगरपालिकाको मतगणना असाध्यै सुस्त गतिमा चलिरहँदा सबै महानगरमा एमालेले अग्रता लिइरहेको छ ।

भरतपुर महानगरपालिकामा एक पटक माओवादीकी रेणु दाहालले अग्रता लिए पनि फेरि एमालेका देवी ज्ञवालीले एक/डेढ सय मतको अन्तरले अग्रता लिइरहनुभएको छ ।


ललितपुर महानगरपालिकामा एमालेका हरिकृष्ण व्यञ्जनकारले कांग्रेसका चिरिबाबु महर्जनलाई पछि पारेर अग्रता कायमै गर्नुभएको छ । काठमाडौं महानगरपालिकामा झनै ढिलो गणना भइरहँदा एमालेका विद्यासुन्दर शाक्यको अग्रता कायमै छ । शाक्यलाई दोस्रो स्थानमा साझा पार्टीका किशोर थापाले पछ्याइरहेका छन् भने नेपाली कांग्रेसका राजुराज जोशी तेस्रो स्थानमा हुनुहुन्छ।  उहालाई विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले पछ्याइरहनुभएको छ 

 

पोखरा महानगरपालिकामा पनि एमालेका मानवहादुर जिसीले कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार रामजी कुँवरलाई सुरुदेखि नै पछि पारेर अग्रता लिइरहनुभएको छ ।

लाखभन्दा बढी मत खसेका महानगरपालिकामा जुन गतिमा मतगणना भइरहेको छ,निर्वाचन आयोगले विकल्प नखोज्ने हो भने महानगरपालिकाहरुको गणना एक सातामा पनि सकिने देखिँदैन ।

अनलाइनखबरबाट 



यसमा तपाईको मत