|

समाचार

आईपिलमा अन्तिम चार टिम छनौट

 आईपिलमा अन्तिम चार टिम छनौट
झापा, जेठ १ ।।
भारतमा जारी दशौं संस्करणको इण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको पहिलो क्वालिफायरमा राइजिङ पुने सुपरजायण्ट्सले मुम्बई इण्डियन्सको सामना गर्ने भएको छ । लिग अन्तर्गत आइतबार बेलुका भएको खेलमा किंग्स इलाभेन पन्जाबलाई ९ विकेटले पराजित गर्दै पुनेले मुम्बईसँगको भेट पक्का गरेको हो ।
 
पन्जाबमाथिको जितले पुने लिगको दोस्रो स्थानमा रहदै प्ले अफमा पुगेपछि पहिलो क्वालिफायरमा शिर्ष स्थानको मुम्बई र पुने भिड्ने भएका हुन् । पहिलो क्वालिफायर मंगलबार वान्खाड़े क्रिकेट स्टेडियम मुम्बईमा हुने छ । पहिलो क्वालिफायरमा जित निकाल्ने टोलि फाइनलमा पुग्ने छ भने पराजित हुने टोलि फाइनल पुग्नको लागि सनराईजर्स हैदराबाद र कोलकोता नाईट राईडर्स बिच हुने दोस्रो क्वालिफायरको बिजेतासंग एलिमिनेटर खेल्नु पर्नेछ । पहिलो क्वालिफायरको बिजेता सिधै फाईनल पुग्ने भए पनि दोस्रो क्वालिफायरको बिजेताले पहिलो क्वालिफायरको पराजित टिमसंग एल्मिनेटरको रुपमा अर्को खेल खेल्नु पर्नेछ । एल्मिनेटरको बिजेताले फाईनल प्रतिस्पर्धामा भाग लिन पाउनेछ । दोस्रो क्वालिफारयमा हैदराबाद र कोलकोता बिचको खेल आगामी बुधबार बेगलोरमा हुने छ ।  
आईपिलको दोस्रो क्वालिफायर आगामी शुक्रबार बेगलोरमा नै हुने छ भने यो बर्षको आईपिएल फाईन खेल मे २१ तारिक आगामी आईतबार हैदराबादमा हुने भएको छ ।
 


यसमा तपाईको मत