|

समाचार

ऐतिहासिक दिन बैशाख ३१ ।

ऐतिहासिक दिन बैशाख ३१ ।
ज्ञानेन्द्र निरौला
झापा, बैशाख ३१ ।।
स्थानीय तहमा प्रतिनिधि छनौटका लागि आज पहिलो चरणको निर्वाचन हुदैंछ । प्रदेश नं. ३,४ र ६ मा आज स्थानीय तहका लागि मतदान हुँदैछ । अहिले बिहान ७ बजेदेखी मतदान शुरु भएको निर्वाचन आयोगले जानकारी गराएको छ । २० बर्ष पछि स्थानीय तहमा निर्वाचन हुँदैछ । यस अघि २०५४ सालमा साबिकको स्थानीय निकायमा चुनाव भएको थियो । मतदान गर्ने अवसर सामान्यतया हरेक ५ बर्षमा आउनु पर्ने हो तर राजनितिक अस्थीरताका कारण बीस बर्ष पछि मात्र स्थानीय स्तरका प्रतिनिधि छनौटका लागि आज मतदान हुँदैछ । आजको दिन सामान्य दिन होईन आज दिनलाई युवा पुस्ताका धेरै मतदाताले पहिलो पटक आत्मसाथ गर्दैछन । त्यसैले पनि आजको दिन स्थानीय तहमा प्रतिनिधि छनौटका लागि ऐतिहासिक दिन हो । आज ३४ जिल्लाका २८३ स्थानीय तहमा मतदान हुँदैछ । आजको मतदानबाट २८३ अध्यक्ष वा प्रमुख, २८३ उपाध्यक्ष वा उपप्रमुख, २५९८ वडाअध्यक्ष, महिला सदस्य २५९८, दलित महिला सदस्य २५९८ र खुला वडा सदस्यमा ५१९६ जना गरी १३ हजार ५५६ जना प्रतिनिधि निर्वाचित हुँदैछन । त्यसका लागि ४९ हजार ७५४ जना उमेद्वार चुनावी मैदानमा छन ।
 


यसमा तपाईको मत