|

समाचार

दलित समुदायका मानिस भन्छन् , हाम्रो समस्या समाधान गर्ने जनप्रतिनिधि चाहियो

दलित समुदायका मानिस भन्छन् , हाम्रो समस्या समाधान गर्ने जनप्रतिनिधि चाहियो
 
रोमन आचार्य 
धुलाबारी बैशाख २९ : नेपालको इतिहासको पहिलो पटक हुन लागेको स्थानिय तहको निर्वाचन आउन केहि समय बाँकि रहदा झापाको ग्रामिण बस्तीमा जनप्रतिनिधि छनोटको विषयमा चिन्तन बढेको छ । पुर्वको व्यापारिक केन्द्रको रुपमा परिचय बनाउदै गएको झापा , राजनीतिकालागि पनि उर्वर क्षेत्र हो । स्थानिय तह पुर्न संरचनापछि बनेको स्थानिय निकायमा कस्तो जनप्रतिनिधि आउने हुन , राजनीतिक दललाई लाग्दै आएको आरोप चिर्न सक्ने हुन कि हैनन् ? अत्याधिक अधिकार रहेको स्थानिय सरकार संचालन गर्न सक्ने हुन् कि हैनन् ? भन्ने आम जनमानसमा जासो बढ्दै गएको छ । अबको स्थानिय तहको चुनावमा कस्तो प्रतिनिधिलाई बिजयी गराउने बिषयमा सामान्य मानिसहरुमा घरमा बस्दा देखि लिएर , बाटामा हिड्दा , २, ४ को जमातमा र बिशेष गरेर बिहान पख चिया पसलमा छलफल बिचार आदानप्रदान र बिश्लेषण हुन थालेका छन् । 
 
साबिक बाँहुण्डागी ३ हाल मेचिनगर ३ निवासी गोमा सेन्चुरी अवको स्थानिय  तहको निर्वाचनले दलित र पिछडीएको जातीलाई  अधिकार सम्पन्न बनाउनु बिचार छ । राज्यमै दलित उन्मुक्ति गर्ने द्योषणा गरिएपनि अझै पनि ग्रामिण क्षेत्र सम्म कार्यन्वयन हुन नसकेको भन्दै उनले भनिन् "अझै पनि दलित समुदायलाई मान्छेको रुपमा हैन पशुको दर्जाको रुपमा व्यवहार गर्ने भएकाले यो चाहि परिवर्तन गर्न जरुरी छ । "
 
४५ घर भन्दा बढि दलित परिवारको बसोबास भएको सो स्थानमा अझै पनि सडक बाटो , खानेपानि आदिको समस्या रहेको छ । सामान्य खेति किसानी गरेर जिवन आर्जन गर्दै आएका सो समुदायमा अरु बेला आफुहरुले छोएको चिया समेत नखाने नेताहरु अहिले घर दैलो कार्यक्रममा आफ्नो घरमा भोट माग्न आउने गरेको बस्ति बासिहरु बताउछन् । निन्दा खोलाले बर्षेनी कट्टान गर्ने उक्त क्षेत्रमा दलित समुदायको बाहुल्यता रहेको छ । यो स्थानिय तहको निर्वाचनमा सो क्षेत्रमा भएका समस्या समाधान गर्न सक्ने जनप्रतिनिधि गए भोट हाल्ने तर पार्टिगत नेताहरुको विश्वासमा नपर्ने उनको स्थानिय बासि कृष्ण बहादुर बागदासले बताउनु भयो । "यो क्षेत्रमा दलित त्यसमाथि गरिव मानिसहरुको बसोबास रहेको क्षेत्र हो , जो सुकुम्वासी छन्" उनले भने "अ‍ैलानि जग्गामा बसेका दलितहरुलाई धनि पुर्जा उपलब्ध गराउने प्रतिनिधि हामिलाई चाहिएको छ ।"
 
अनेकन समस्या रहेको सो बस्तीमा निन्दा खोलको समस्या पुरानो होइन। बार्षिक रुपमा नदिले गर्ने कटान रोक्न पनि स्थानिय बासिको माग छ । उमेरले ५० नाधिसकेका गुमबहादुर तिरवाको गुनासो पनि अन्य स्थानिय बासिन्दाको भन्दा फरक छैन । उनी भन्छन् "सुकुम्वासी हामि , हामिसँग धनिपुर्जा पनि छैन , नदिको समस्या पनि उस्तै छ, किला स्याउलाले खोला थामिएको छैन , अबको चुनावमा यि नै समस्या समाधान गर्न नेताहरु आएमा हाम्रो भोट अरु तिर जादैन ।"
 
राज्यले स्थानिय तहको निर्वाचनकालागि संविधानमै एक जना दलित महिला अनिर्वार्य गरेको छ । संविधानमा दलित महिला अनिवार्य गरे पनि पुरुष दलितकालागि कोटा भने छुट्याइएको छैन । संवैधानिक व्यवस्था अनुसार झापाका ८ बटा नगरपालिका र ७ गाँउपालिकाबाट १३१ दलित महिला निर्वाचित हुने छन् । झापामा कुल जनसंख्या ८ लाख ८ हजार ३ सय २४ छ भने जसमा  ५ लाख १० हजार २ सय १६ मतदाता रहेका छन् । २ लाख ५६ हजार ७ सय ९८ महिला मतदाता रहको झापामा  , २ लाख ५३ हजार ४ सय १५ पुरुष र ३ जना तेस्रो लिङ्गी  रहेका छन् । झापामा दलित समुदायबाट प्रतिनिधित्व गर्ने मानिसहरुको संङख्या यति भए पनि अझै पनि अधिकार विहिन भएर बस्नु परेका गुनासो उनीहरुको छ । सामाजिक संस्कार संस्कृतिको वन्दी बन्नु परेको दलित समुदायको समस्या बुझ्ने जनप्रतिनिधिहरुको आवश्यक्ता रहेको मेचिनगर नगरपालिका ३ का दलित समुदायको  मानिसहरुको मात्रै होइन सम्रग झापामा बसोबास गर्ने दलित समुदायको माग हो ।
 
मेचिनगर ३ निवासी  झमकलाल बिश्वकर्मा विकास निर्माणको कुरा भन्दा पनि समाजले दलित समुदायप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको बताउछन् । यसअधिका  चुनावमा चुनाव  अधि भोट माग्न नेताहरुको लर्को लागे पनि निर्वाचन सकिएको भोलिपल्ट देखि निर्वाचित वा हारेका नेताहरुको अनुहार पनि देख्न अर्को निर्वाचन कुर्नु पर्ने बाध्यात्मक अवस्था रहेको दलित समुदायको मात्र होइन आम नागरिकको गुनासो छ । झमकलाल भन्छन् "करिव ७० घरपरिवार बसोबास भएको यो ठाँउमा ४५ परिवार भन्दा धेरै दलित समुदायका मानिसहरु बसोबास गरे पनि  अन्य जातका मानिसहरुले हेप्ने गरेका छन् त्यसकारण विकास भन्दा पनि पहिले हामिलाई मानव व्यवहार चाहिएको छ , परिवर्तन चाहिएको छ ।" जेठ ३१ मा हुने स्थानिय तहको चुनावमा साझा नेतालाई भोट दिने भन्दै उनी भन्छन् "यो बाहुन , यो दलित यो आदिवासी नभनी जो सम्पुर्णलाई समान व्यवहार गर्छ, विकास निर्माणका कार्य गर्छ  भोट उसैलाई हालीन्छ ।"
 
दलित समन्वय समिति विर्तामोडका अध्यक्ष छविलाल विश्वकर्माको चिन्ता १३१ वडा जना महिला सक्षम प्रतिनिधि कसरि चयन गर्ने भन्नेमा छ । दलित समुदायको यति धेरै समस्या छ , यो चुनाव भन्दा अगाडि पनि धेरै चुनाव सम्पन्न भइसकेका छन् दलित समुदायले राहातको स्वास फेर्न पाएको अवस्था छैन त्यसकारण यो चुनावमा कसरि सक्षम नेतृलाई नेतृव सुम्पने भन्ने समस्या रहेको  उनी बताउछन् । "दलित उमेरद्धारालाई कसरि सक्षम बनाउने भन्ने कुरा राजनीतिक पार्टिका नेताहरु , विभिन्न संघ संस्था , संचार क्षेत्रको हातमा छ, उनी भन्छन् "कर्तव्य बोध गराउन तपाई हामि आजैबाट लाग्नु पर्छ ।" पहिलेको समय र अहिलेको समयमा दलित समुदायमा हेर्ने दृष्टिकोणमा केहि परिवर्तन भएको भन्दै उनी भन्छन् "अवको स्थानिय तहको चुनावमा जसले दलित समुदायलाई लक्षित गरेर योजना ल्याउछन् , दलितहरुको सुकुम्वासी समस्या अन्त्य गर्दछन् , अन्य समुदाय सरह व्यवहार गर्ने निति नियम ल्याउने छन् , घरवार विहिनहरुलाई आवासको व्यवस्था लगायतका समस्या समाधान गर्ने छन् , अवको चुनावको भोट पार्टिलाई हैन सक्षम नेतालाई सम्पुर्ण समुदायले हाल्ने छन् ।"                                                                                                                                                         
 


यसमा तपाईको मत