|

समाचार

निर्मल भट्टराईद्वारा पत्रकार उपचार कोषलाई ५०,००० प्रदान

निर्मल भट्टराईद्वारा पत्रकार उपचार कोषलाई ५०,००० प्रदान
बिर्तामोड, बैशाख २९। 
झापा बिर्तामोड निवासी सामाजिक व्यक्तित्व तथा व्यवसायी निर्मल भट्टराईले पत्रकार सहारा उपचार कोषका लागि ५० हजार रुपैयाँ प्रदान गर्नुभएको छ । बिर्तामोड ५ निवासी भट्टराईले आज उक्त रकम पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई प्रदान गर्नुभयो । निर्मल नेपाल अलैची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी बिर्तामोडका उपसभापति हुनुहुन्छ ।
 
रोटरी क्लव जस्ता संस्थामा आवद्ध भई समाजसेवामा सक्रिय भट्टराई बिर्तामोड उद्योग वाणिज्य संघका कोषाध्यक्ष तथा वीरता जेसीज बिर्तामोडका पूर्व अध्यक्ष हुनुहुन्छ ।
 
मानव सेवा त्यसमा पनि घाइते र बिरामी पत्रकारको उपचारमा सहयोग पुर्याउन महासंघले थालेको अभियानको भट्टराईले  सराहना गर्नुभयो । नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरेको पत्रकार उपचार कोष १ करोड रुपैयाँको बनाउने लक्ष्य लिएको छ ।
 
कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुनेक्रम जारी रहेको महासंघका सहसचिव तथा कोषका सचिव केशव भट्टराईले बताउनुभयो । महासंघका उपाध्यक्ष एवं कोषका संयोजक गिरीका अनुसार कोषमा दाताहरुको नाम आजीवन रहनुका साथै प्रदान भएको रकम कहिल्यै नासिने छैन र  त्यसको व्याजबाट मात्र पत्रकारको उपचारमा सहयोग गरिने छ ।
 


यसमा तपाईको मत