|

समाचार

एक दिवसीय प्रधानमन्त्री कप हुने ।

काठमाडौ, बैशाख २८ ।
आगामी जेठ ९ गतेबाट एकदिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता हुने भएको छ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेपको आयोजना तथा काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टरको व्यवस्थापनमा आगामी जेठ ९ गतेबाट सञ्चालन हुने भएको हो ।  प्रतियोगितामा पाँच विकास क्षेत्रसहित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल एपिएफले भाग लिने  राखेपका सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिनुभयो ।
 
प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित २० लाख तथा उपविजेताले १० लाख प्राप्त गर्नेछन् । सेमिफाइनल पुग्ने टोलीले ५० हजार, म्यान अफ दी सिरिजले एक लाख तथा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले ५० हजार पुरस्कार पाउनेछन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जगत टमाटाले सम्भावना बोकेका खेलाडीका लागि उक्त प्रतियोगिता महत्वपूर्ण हुने बताउनुभयो । 
 


यसमा तपाईको मत